दार्चुला-तिंकर सडक : केन्द्रले बजेट नदिएपछि ब्याँसले थाल्यो चन्दा अभियान « Khabarhub

दार्चुला-तिंकर सडक : केन्द्रले बजेट नदिएपछि ब्याँसले थाल्यो चन्दा अभियान


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सरकारले निर्माणधीन दार्चुलाको खलंगा–तिंकर सडकका लागि पर्याप्त बजेट विनियोजन नगरेपछि स्थानीय ब्यास गाउँपालिकाले देशभरिका स्थानीय सरकार र प्रदेश सरकारहरूसँग आर्थिक सहयोगका लागि अपिल गरेको छ । 

संघीय सरकारको न्यून बजेट विनियोजन गरेपछि गाउँपालिकाले देशभरिका स्थानीय सरकार, प्रदेश सरकारसँग रणनीतिक र सामरिक महत्वको सडक निर्माणका लागि आर्थिक सहयोग गर्न अपिल गरेको हो । 

गाउँपालिकाको १६ औँ गाउँसभाले नीति तथा कार्यक्रम र बजेटमार्फत उक्त सडक निर्माणका लागि देशभरिका स्थानीय तह, प्रदेश सरकार र सरोकारवाला निकायहरूसँग सहकार्य गर्ने निर्णयसमेत गरेको छ । 

आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि पारित बजेटमा संघीय सरकारले खलंगा–तिंकर सडक निर्माणका लागि ८ करोड ५० लाख रुपैयाँमात्रै बजेट विनियोजन गरेको छ । 

‘संघीय सरकारको न्यून बजेट विनियोजनलाई ध्यानमा राख्दै देशभरिका प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला सबैको सहयोगमा सर्वाधिक रणनीतिक र सामरिक महत्वको सडक निर्माणमा ब्याँस गाउँपालिकाको १६ औँ गाउँसभाले नीति तथा कार्यक्रम र बजेटमार्फत उक्त सडक निर्माणका लागि सहकार्य गर्ने निर्णय गरेको छ,’ गाउँपालिकाले सार्वजनिक रुपमा गरेको अपिलमा भनेको छ । 

तिंकर सडक निर्माणमा संघीय सरकारले न्यून बजेट विनियोजन गरिरहेको अवस्थामा यसको आवश्यकता एवम् महत्वलाई आत्मसाथ र उजागर गर्दै सडक निर्माणमा रचनात्मक सक्रियता र सहकार्य गर्न तयार भएको गाउँपालिकाको भनाइ छ । 

स्थानीय सरकार, प्रदेश सरकार र सरोकारवालाहरुबाट संकलन गरिएको रकम दार्चुला–तिंकर सडक निर्माणमा मात्रै उपयोग गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आर्थिक सहयोग संकलनका लागि ‘दार्चुला–तिंकर सडक निर्माण कोष’ खडा गरेर बैंक खाता सञ्चालन गरेको छ । 

नेपालतर्फ ब्याँस क्षेत्र जोड्ने पैदल बाटो समेत नभएका कारण छाङरूतिंकर जाने स्थानीय बासिन्दाहरू भारतीय प्रशासनको लिखित अनुमति (परमिट) लिएर जाने गरेका छन् । उक्त सडक निर्माणपछि कैलाश–मानसरोवर यात्रा सञ्चालनको ढोका खुल्ने छ ।

२०७७ बैशाख १४ मा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार हाल उक्त सडकखण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ । नेपाली सेनाले २०७८ माघ २८ देखि ब्याँस गाउँपालिका–३ मा पर्ने तुषरपानीदेखि वडा नम्बर १ तिंकरस्थित नेपाल–चीनको सिमाना (१ नम्बर पिलर) तिंकर भन्ज्याङसम्मको ७९ किलो मिटर लामो सडक निर्माणको काम थालेको थियो ।

चालु आर्थिक वर्ष २०८०-०८१ सम्म तिंकर सडक निर्माणमा ४७ करोड ६८ लाख ४३ हजार रुपैयाँ खर्च भइसकेको छ भने वडा नम्बर ३ तुषरपानीदेखि वडा नं २ को दुम्लिङ गाउँसम्म १३ किलोमिटर लामो सडकको ट्रयाक खुल्ने अवस्थामा छ ।

नेपाली सेनामार्फत् निर्माण भइरहेको उक्त सडक एक आर्थिक वर्षमा २-३ किलोमिटर मात्रै निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । न्यून बजेट विनियोजनका कारण लक्ष्यअनुसारको कार्य प्रगति नभइरहेको गाउँपालिकाको भनाइ छ । 

नेपाली सेनाले तयार गरेको डीपीआरअनुसार ७९ किलोमिटर लामो सडकको ट्रयाक निर्माण सम्पन्न गर्न ३ अर्ब ७४ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ४ : १४ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का