मधेशलाई पर्यटकीय हव बनाउनुपर्छ : मुख्यमन्त्री सिंह « Khabarhub

मधेशलाई पर्यटकीय हव बनाउनुपर्छ : मुख्यमन्त्री सिंह


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले मुख्यमन्त्री सतिश कुमार सिंहलाई पर्यटकीय हव बनाउने योजनामा आफूहरू अग्रसर भएको बताएका छन ।

मधेशमा पर्यटकीय गन्तव्यको खोजी अभियान अगाडि बढिसकेको बताउँदै महासंघका अध्यक्ष हिरालाल गौतमले सरकारले साथ दिए मधेशलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनाउने प्रतिवद्धता जनाए ।

महासंघले धनुषाको गौतम होटलमा आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री सिंहलाई पर्यटकीय गन्तव्य बनाउने योजनाहरू सुनाउँदै गौतमले मधेशमा निजी लगानीमा नै पाँच तारे होटलसम्म खुलिसकेको बताए

प्राकृतिकरूपमा वाह्य र आन्तरिक पर्यटकलाई आकर्षित गर्न सक्ने कयौ ठाउँहरू ओझेलमा परिरहेकोप्रति समर्थन जनाउदै शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदादेवी थापाले पर्यटनबाट नै आर्थिक आधार तयार हुने जिकिर गरिन ।

यता पर्यटन व्यवसायीहरू र जनप्रतिनिधिहरूको योजना सुनेपछि मुख्यमन्त्री सिंहले आफ्नो कार्यकालमा प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

होटलहरु खुलेतापनी पर्यटकहरूलाई रोक्न नसकेको स्वीकार गर्दै थप व्यवस्थापनको जरुरी भएको उनको भनाई छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ५ : ०४ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ