स्वास्थ्य संस्थाहरूलाई शान्तिक्षेत्र घोषणा गरियोस : तोसिमा कार्की « Khabarhub

स्वास्थ्य संस्थाहरूलाई शान्तिक्षेत्र घोषणा गरियोस : तोसिमा कार्की


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्तिक्षेत्र घोषणा गर्न माग गरेकी छन् ।

बिहीवार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्तिक्षेत्र घोषणा गर्न माग गरेकी हुन् । उनले विभिन्न समयमा स्वास्थ्यकर्मीहरूमाथि धाक, धम्की तथा आक्रमण हुने गरेको भन्दै स्वास्थ्यकर्मीमाथिको त्यस्तो व्यवहार अन्त्य हुनुपर्ने बताइन् ।

उनले स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गर्नेलाई हिरासतमा लिएर अनुसन्धान शुरु गर्नुपर्ने माग गरिन् । कार्कीले भनिन्, ‘स्वास्थ्य संस्थाहरूलाई शान्तिक्षेत्र घोषणा गरेर स्वास्थ्यकर्मीलाई निर्धक्क भएर बिरामीको उपचारमा काम गर्ने वातावरण बनाइयोस् । काँपिरहेको हातले उपचार गर्न सक्दैन, डराएको मस्तिष्कले उपचार गर्न सक्दैन ।

जसरी सुरक्षाकर्मीहरूमाथि हातपात गर्दाखेरी त्यो कसुर गर्ने व्यक्तिलाई पहिले हिरासतमा लगिन्छ, त्यसपछि अनुसन्धानको प्रक्रिया शुरु हुन्छ । त्यसरी नै स्वास्थ्यकर्मी भनेका राष्ट्रका सेवक हुन् । उपचार गर्ने व्यक्ति हुन् । उनीहरूलाई हातपात गर्नेलाई पनि पहिला हिरासतमा लग्नुपर्छ र अनुसन्धानको प्रक्रिया शुरु गर्नुपर्छ ।’

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ५ : ३१ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको