महामन्त्रीको प्रतिवेदन पार्टी सच्चिएर अगाडि बढ्ने महत्वपूर्ण मार्ग हो : सांसद झा « Khabarhub

महामन्त्रीको प्रतिवेदन पार्टी सच्चिएर अगाडि बढ्ने महत्वपूर्ण मार्ग हो : सांसद झा


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले महामन्त्री मुकुल ढकालको अभिव्यक्तिले पार्टीमा कुनै पनि विभाजन नल्याई पार्टीलाई सुदृढ बनाएर अगाडि जाने बताएका छन्।

बुधबार मुकुल ढकाले सभापति रवि लामिछानेलाई समीक्षा यात्राको प्रतिवेदन बुझाएपछि खबरहबसँग कुरा गर्दै झाले पार्टीमा कुनै पनि विवाद नभएको महामन्त्रीको सुझाव प्रतिवेदनले पार्टी सच्चिएर अगाडि बढ्न महत्वपूर्ण बाटो स्थापना हुने बताएका हुन्। 

उनले भने, ‘महामन्त्रीज्यूले ३८ जिल्लामा देखेको जस्ताको तस्तै पार्टीको अवस्थाबारे फेरिस्त सभापतिज्यूलाई बुझाउनुभएको हो उहाँले आफै भनिसक्नुभएको छ यसले पार्टीलाई गहिरो ढंगले समीक्षा गरेर अगाडि बढ्न मद्दत दिनेछ ।’

उनले रास्वपा फुट्न लागेको हल्ला बाहिर आएकाले यो हल्लामा कुनै सत्यता नभएको समेत दाबी गरेका छन्।

पार्टी स्थापना भएको दुई वर्षमै रास्वपामा विभिन्न किसिमका गुट उपगुट हुनुले पार्टी फुटतर्फ जाने धेरैले आकलन गरेका छन्।

तर झा लोकतन्त्रमा यस्तो अभ्यास हुनु सकारात्मक भएको बताउँदै यसले रास्वपालाई सच्चिएर अगाडि बढ्न महत्वपूर्ण मार्ग दिने दाबी गर्छन्।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ५ : ३९ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको