शिशिर खनाल भन्छन् : महामन्त्रीलाई पार्टीले नै खटाएको हो, प्रतिवेदनबारे गम्भीर छलफल हुन्छ « Khabarhub

शिशिर खनाल भन्छन् : महामन्त्रीलाई पार्टीले नै खटाएको हो, प्रतिवेदनबारे गम्भीर छलफल हुन्छ


१३ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले महामन्त्री डा. मुकुल ढकालले बुझाएको समीक्षा यात्राको प्रतिवेदनबारे गम्भीर छलफल हुने बताएका छन् ।

बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले इलाम २ मा वैशाख १० को उपनिर्वाचनपछि पार्टी सचिवालयले नै देशभर पार्टीको अवस्थाबारे अध्ययन गर्न महामन्त्री ढकाललाई जिम्मेवारी दिएको बताए ।

उनले महामन्त्री ढकालको प्रतिवेदनमाथि पार्टीभित्र गम्भीर छलफल गरेर आवश्यक निष्कर्ष निकाल्ने बताएका छन् ।

महामन्त्रीको प्रतिवेदन व्यक्तिको इच्छाले भन्दा पनि पार्टीभित्र समस्या रहे-नरहेको बुझ्नका लागि तयार भएको उनको भनाइ छ ।

खनालले प्रतिवेदनको निष्कर्षका आधारहरूमा समेत अध्ययन हुने जानकारी दिएका छन् ।

यसअघि महामन्त्री ढकालले राजनीतिक, सैद्धान्तिक र संगठनात्मक क्षेत्रमा पार्टीभित्र सुधार्नुपर्ने लगायतका सुझावसहित सभापति रवि लामिछानेलाई समीक्षा यात्राको प्रतिवेदन बुझाएका थिए ।

प्रतिवेदनमा उनले सभापति लामिछाने र पार्टी दुवैको लोकप्रियता ओरालो लागेको निष्कर्षसहित २०८४ सम्म पार्टीको हालत तत्कालीन विवेकशीलको जस्तो हुने चेतावनी पनि दिएका थिए ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ६ : ०५ बजे

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का

एल क्लासिकोमा रियल मड्रिड र बार्सिलोना भिड्दै

काठमाडौं- आज राति स्पेनी फुटबलका महारथीहरु बार्सिलोना र रियल मड्रिडबीच

बर्जुमा बोराभित्र एक पुरुषको शव भेटियो

सुनसरी– सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा

राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत