भारत र इङ्ल्यान्डबीचको भिडन्तमा वर्षा बन्न सक्छ भिलेन « Khabarhub

भारत र इङ्ल्यान्डबीचको भिडन्तमा वर्षा बन्न सक्छ भिलेन


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज टी २० विश्व कप २०२४ को दोस्रो सेमिफाइनलमा भारत र साविक विजेता इङ्ल्यान्ड आमनेसामने हुँदैछन् ।

यो खेल गुयानाको प्रोभिडेन्स स्टेडियममा हुन लागेको छ । भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै सेमिफाइनलमा पुगेको छ ।

उता इङ्ल्यान्ड समूह चरणमा अस्ट्रेलिया र सुपर-८ मा दक्षिण अफ्रिकासँग हारेको छ ।  आज राति सवा ८ बजे हुने खेलका लागि रिजर्भ डे राखिएको छैन । तर यो महत्वपूर्ण भिडन्तमा वर्षा बाधक बन्न सक्ने छ ।

भारतका पूर्व क्रिकेटर तथा कमेन्टेटर दिनेश कार्तिकले आफ्नो एक्स अकाउन्टमा वर्षाका कारण मैदानको अवस्था राम्रो नभएको जनाएका छन् ।

‘अहिले अवस्था राम्रो छैन । जब हामी बाटोमा थियौँ, त्यसबेला भारी वर्षात् भएको थियो । अहिले पनि स्टेडियम क्षेत्रमा सामान्य पानी परिरहेको छ । तर राम्रो खबर भनेको बादलबीच घाम पनि लागिरहेको छ ।’

सन् २०१४ यता भारत पहिलो उपाधिको खोजीमा छ । यो विश्वकपसँगै भारतका कयौँ स्टार खेलाडीहरू बिदा हुँदैछन् । यस पटक भारत उपाधिको लामो खडेरी तोड्न फाइनल यात्रा तय गर्ने दाउमा छ ।

भारतका लागि गर या मरको अवस्थामा रहेको यो खेलले सन् २०२२ को सेमिफाइनल याद दिलाउँछ । त्यसबेला भारतलाई इङ्ल्यान्डले हराएको थियो ।

वर्षाबीच पनि भारत र इङ्ल्यान्डका हजारौँ दर्शक स्टेडियम पुग्दैछन् । गुयानाको प्रोभिडेन्स स्टेडियममा हुन लागेको यो खेलको विजेताले आगामी जुन २९ मा उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ६ : ३५ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले