भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ६३ पुग्यो « Khabarhub

भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ६३ पुग्यो


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

भारत– गत हप्ता दक्षिणी भारतको एउटा सहर स्तब्ध पारेको अवैध मदिराको सेवनका कारण मर्नेको सङ्ख्या ६३ पुगेको प्रहरीले बिहीबार जनाएको छ ।

भारतमा ब्याकस्ट्रिट डिस्टिलरीमा बनेको सस्तो रक्सीबाट हरेक वर्ष सयौं मानिसको मृत्यु हुन्छ, भने तमिलनाडु राज्यको यो घटना हालका वर्षहरूमा सबैभन्दा घातकमध्ये एक हो ।

तामिलनाडु राज्यको कल्लाकुरिची जिल्लामा मेथानोलले भरिएको स्थानीय स्थरमा बनेको मदिरा पिएकामध्ये केही व्यक्तिले आँखा निकै कमजोर भएको बताएका छन् । 

यस घटनामा मृत्यु हुने व्यक्तिको पुष्टि गर्दै  जिल्ला प्रहरी प्रमुख रजत चतुर्वेदीले घातक मदिरा पिएका १०० भन्दा बढी व्यक्तिलाई सुरुमा अस्पताल लगिएको जानकारी दिए।  

तमिलनाडुका राजनीतिक दलसँग सम्बद्ध सांसदहरूले मदिराका कारण धेरै व्यक्तिको मदिरा सेवन गरेका कारण मृत्यु भएको भन्दै बुधबार मुख्यमन्त्रीको राजिनामा माग गर्दै विरोध प्रदर्शन गरेपछि राज्यसभा (विधायिका) बाट निष्कासित भएका छन् । 

कल्लाकुरिची जिल्लाका गरिब मजदुरहरूले नियमित रूपमा प्लास्टिकको झोलामा ६० रुपैयाँ लागतको रक्सी किनी  काम गर्नु अघि पिउँथे । उनीहरूले पिउने स्थानीय उत्पादनको यो ब्याच विनाशकारी सावित भएको छ । 

तमिलनाडु सुख्खा राज्य नभएता पनि कालो बजारमा कारोबार हुने रक्सी कानुनी रूपमा बेचिने रक्सीभन्दा कम मूल्यमा आउँछ ।

भारतका अन्य धेरै भागहरूमा रक्सी बेच्न र सेवन गर्न निषेध गरिएको छ, जसले शक्तिशाली र कहिलेकाहीँ घातक मुनशाइनका लागि फस्टाउने कालो बजारलाई थप चलाउँछ ।

    

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ६ : ३९ बजे

उत्पीडित समुदायको अधिकारका लागि अझै सङ्घर्स गर्नुपर्नेछ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार