मधेश प्रदेश सरकारले ‘रेडबुक’ पुनर्लेखन गर्ने | Khabarhub Khabarhub

मधेश प्रदेश सरकारले ‘रेडबुक’ पुनर्लेखन गर्ने


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट ‘रेडबुक’ पुनर्लेखन गर्ने भएको छ । मुख्यमन्त्री सतिस सिंहले कर्मचारीको कारण बजेटमा गडबढ भएको वक्तव्य दिएको केही दिन नबित्दै सरकारले ‘रेडबुक’ पुनर्लेखन गर्न लागेको हो ।

प्रदेश सांसदका धेरै योजनाहरू छुटेपछि सर्वदलीय बैठकको सुझाव अनुसार सरकारले ‘रेडबुक’ मा बजेट थप्ने तयारी गरेको हो । बजेट नै पास नहुने छाँटकाट देखिएपछि मुख्यमन्त्री सिंहले बजेटमा भएको त्रुटिबारे सुझाव लिन बिहीबार सर्वदलीय बैठक बोलाएका थिए ।

उक्त बैठकमा सांसदहरूको इच्छा विपरीत योजनाहरू राखिएको सत्तारुढ तथा प्रतिपक्षका दलका नेताहरू गुनासो गरेका थिए । बैठकमा व्यापक विरोध भएपछि मुख्यमन्त्री सिंहले बजेटमा कर्मचारीहरूबाट त्रुटि भएको स्वीकार गर्दै बजेट सच्याउन तयार रहेको बताएका थिए । त्यसपछि ‘रेडबुक’ मा छुटेका योजनाहरू थप्न आन्तरिक रुपमा मौखिक सहमति भएको नेताहरुले बताएका छन् ।

सर्वदलीय बैठकमा भएको सहमति अनुसार रेडबुक पुनर्लेखन नभए बजेट पास गर्न नदिने नेताहरुकाे चेतावनी छ । यता मुख्यमन्त्री सिंहले भने बजेटमा त्रुटिभएको स्वीकार गर्दै सर्वदलीय बैठकमा भएको सहमति कार्यान्वयन गर्ने बताए ।

खबरहबसंग मुख्यमन्त्री सिंहले भने, ‘यसलाइ पुनर्लेखन नभनौ, संसोधन भनौ । योजनाहरू छुटेको जानकरी गराउन मैले नै सर्वदलिय बैठक डाँकेको थियौ बैठकमा प्रदेश सांसदहरूको धेरै गुनासो आयो, वास्तवमा केही आन्तरिक र कर्मचारीहरुको लाहपरबाहीका कारण त्रुटि पनि भएको छ । बैठकमा योजनाहरू थपेर जाने सहमति भएको छ । अब त्यसै अनुरुप अघि बढ्छौ ।’

उनका अनुसार केही अनाधिकृत योजनाहरू पनि रेडबुकमा समावेश भएका छन् । त्यस्ता योजनाहरूलाई हटाएर छुटेका योजनाहरू समावेश गरिने छ ।

सर्वदलीय बैठकमा सत्तारुढ दलहरूसँगै कांग्रेस, जसपा सहितका दलका नेताहरूको उपस्थिति थियो । प्रदेश सरकारले १ असारमा ४३ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ८ : ३५ बजे

मौद्रिक नीतिपछिको पुँजी बजार : नेप्से परिसूचकमा ३१ अङ्कको सुधार

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग

काठमाडौं– असारको अन्तिम सातासम्म पनि मधेसका केही जिल्लामा वर्षा नहुँदा

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन

काठमाडौं महानगरको नगरसभा : आगामी वर्षको बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै