मधेश प्रदेश सरकारले ‘रेडबुक’ पुनर्लेखन गर्ने « Khabarhub

मधेश प्रदेश सरकारले ‘रेडबुक’ पुनर्लेखन गर्ने


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट ‘रेडबुक’ पुनर्लेखन गर्ने भएको छ । मुख्यमन्त्री सतिस सिंहले कर्मचारीको कारण बजेटमा गडबढ भएको वक्तव्य दिएको केही दिन नबित्दै सरकारले ‘रेडबुक’ पुनर्लेखन गर्न लागेको हो ।

प्रदेश सांसदका धेरै योजनाहरू छुटेपछि सर्वदलीय बैठकको सुझाव अनुसार सरकारले ‘रेडबुक’ मा बजेट थप्ने तयारी गरेको हो । बजेट नै पास नहुने छाँटकाट देखिएपछि मुख्यमन्त्री सिंहले बजेटमा भएको त्रुटिबारे सुझाव लिन बिहीबार सर्वदलीय बैठक बोलाएका थिए ।

उक्त बैठकमा सांसदहरूको इच्छा विपरीत योजनाहरू राखिएको सत्तारुढ तथा प्रतिपक्षका दलका नेताहरू गुनासो गरेका थिए । बैठकमा व्यापक विरोध भएपछि मुख्यमन्त्री सिंहले बजेटमा कर्मचारीहरूबाट त्रुटि भएको स्वीकार गर्दै बजेट सच्याउन तयार रहेको बताएका थिए । त्यसपछि ‘रेडबुक’ मा छुटेका योजनाहरू थप्न आन्तरिक रुपमा मौखिक सहमति भएको नेताहरुले बताएका छन् ।

सर्वदलीय बैठकमा भएको सहमति अनुसार रेडबुक पुनर्लेखन नभए बजेट पास गर्न नदिने नेताहरुकाे चेतावनी छ । यता मुख्यमन्त्री सिंहले भने बजेटमा त्रुटिभएको स्वीकार गर्दै सर्वदलीय बैठकमा भएको सहमति कार्यान्वयन गर्ने बताए ।

खबरहबसंग मुख्यमन्त्री सिंहले भने, ‘यसलाइ पुनर्लेखन नभनौ, संसोधन भनौ । योजनाहरू छुटेको जानकरी गराउन मैले नै सर्वदलिय बैठक डाँकेको थियौ बैठकमा प्रदेश सांसदहरूको धेरै गुनासो आयो, वास्तवमा केही आन्तरिक र कर्मचारीहरुको लाहपरबाहीका कारण त्रुटि पनि भएको छ । बैठकमा योजनाहरू थपेर जाने सहमति भएको छ । अब त्यसै अनुरुप अघि बढ्छौ ।’

उनका अनुसार केही अनाधिकृत योजनाहरू पनि रेडबुकमा समावेश भएका छन् । त्यस्ता योजनाहरूलाई हटाएर छुटेका योजनाहरू समावेश गरिने छ ।

सर्वदलीय बैठकमा सत्तारुढ दलहरूसँगै कांग्रेस, जसपा सहितका दलका नेताहरूको उपस्थिति थियो । प्रदेश सरकारले १ असारमा ४३ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ८ : ३५ बजे

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच