गिल्गट बाल्टिस्तानमा निर्मित भौतिक संरचना बेवारिसे बन्दै « Khabarhub

गिल्गट बाल्टिस्तानमा निर्मित भौतिक संरचना बेवारिसे बन्दै


१३ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तान अधिनस्थ गिल्गिट बाल्टिस्तानमा भौतिक पूर्वाधारका संरचना बेवारिसे बन्न थालेका छन् ।

गिल्गिट बाल्टिस्तानमा भौतिक संरचना बनाउन थालेपनि बीचैमा छाड्ने प्रवृत्ति बढ्न थालेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

गिल्गिट बाल्टिस्तानको जगलोट र बोन्जी जोड्ने पक्की पुलको निर्माण कार्य दुई वर्षअघि शुरु भएपनि हालसम्म पूरा हुन सकेको छैन ।

निर्माण शुरु गर्ने तर सम्पन्न नगरी बीचैमा बेवारिसे छाडिएकाले दुर्घटनाको जोखिम बढेको एएनआईले जनाएको छ । सो क्षेत्रका स्थानीयहरु काठेपुल प्रयोग गर्न बाध्य भएका छन् ।

यस्ता परियोजनामा गुणस्तरहीन सामग्रीको प्रयोग र आवश्यक अध्ययनबिनै निर्माण कार्य अघि बढाइएकाले पनि दिगो रुपमा पूर्वाधार नबन्ने गरेको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ९ : २५ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म