वर्षाका कारण पुनः रोकियो भारत र इङ्ल्यान्डको खेल « Khabarhub

वर्षाका कारण पुनः रोकियो भारत र इङ्ल्यान्डको खेल


१३ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत भारत र इङ्ल्यान्डको खेल पानी परेपछि पुनः रोकिएको छ ।

गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरिरहेको भारतले ८ ओभरमा दुई विकेटको क्षतिमा ६५ रन बनाउँदा मैदानमा पानी परेपछि खेल रोकिएको हो ।

भारतले पहिलो विकेटको रुपमा विराट कोहलीलाई ९ र दोस्रो विकेटको रुपमा ऋषभ पन्तलाई चार रनमा गुमाएको छ । यसअघि नेपाली समय अनुसार राति सवा आठ बजे खेल सुरु हुने भनिएपनि वर्षाका कारण निर्धारित समय भन्दा करीब एक घण्टा ढिलो गरि सुरु भएको थियो ।

भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै सेमिफाइनलमा पुगेको छ । उता इङ्ल्यान्ड समूह चरणमा अस्ट्रेलिया र सुपर८ मा दक्षिण अफ्रिकासँग हारेको छ ।

सन् २०१४ यता भारत पहिलो उपाधिको खोजीमा छ । यो विश्वकपसँगै भारतका कयौँ स्टार खेलाडीहरू बिदा हुँदैछन् । यस पटक भारत उपाधिको लामो खडेरी तोड्न फाइनल यात्रा तय गर्ने दाउमा छ ।

वर्षाबीच पनि भारत र इङ्ल्यान्डका हजारौँ दर्शक स्टेडियम पुगेका छन् । यो खेलको विजेताले आगामी जुन २९ मा उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने छ ।

याे पनि…

भारत र इङ्ल्यान्डबीचको भिडन्तमा वर्षा बन्न सक्छ भिलेन

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  १० : २४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया