भारत र इङ्ल्यान्डबीचको भिडन्तमा वर्षा बन्न सक्छ भिलेन « Khabarhub

भारत र इङ्ल्यान्डबीचको भिडन्तमा वर्षा बन्न सक्छ भिलेन


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज टी २० विश्व कप २०२४ को दोस्रो सेमिफाइनलमा भारत र साविक विजेता इङ्ल्यान्ड आमनेसामने हुँदैछन् ।

यो खेल गुयानाको प्रोभिडेन्स स्टेडियममा हुन लागेको छ । भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै सेमिफाइनलमा पुगेको छ ।

उता इङ्ल्यान्ड समूह चरणमा अस्ट्रेलिया र सुपर-८ मा दक्षिण अफ्रिकासँग हारेको छ ।  आज राति सवा ८ बजे हुने खेलका लागि रिजर्भ डे राखिएको छैन । तर यो महत्वपूर्ण भिडन्तमा वर्षा बाधक बन्न सक्ने छ ।

भारतका पूर्व क्रिकेटर तथा कमेन्टेटर दिनेश कार्तिकले आफ्नो एक्स अकाउन्टमा वर्षाका कारण मैदानको अवस्था राम्रो नभएको जनाएका छन् ।

‘अहिले अवस्था राम्रो छैन । जब हामी बाटोमा थियौँ, त्यसबेला भारी वर्षात् भएको थियो । अहिले पनि स्टेडियम क्षेत्रमा सामान्य पानी परिरहेको छ । तर राम्रो खबर भनेको बादलबीच घाम पनि लागिरहेको छ ।’

सन् २०१४ यता भारत पहिलो उपाधिको खोजीमा छ । यो विश्वकपसँगै भारतका कयौँ स्टार खेलाडीहरू बिदा हुँदैछन् । यस पटक भारत उपाधिको लामो खडेरी तोड्न फाइनल यात्रा तय गर्ने दाउमा छ ।

भारतका लागि गर या मरको अवस्थामा रहेको यो खेलले सन् २०२२ को सेमिफाइनल याद दिलाउँछ । त्यसबेला भारतलाई इङ्ल्यान्डले हराएको थियो ।

वर्षाबीच पनि भारत र इङ्ल्यान्डका हजारौँ दर्शक स्टेडियम पुग्दैछन् । गुयानाको प्रोभिडेन्स स्टेडियममा हुन लागेको यो खेलको विजेताले आगामी जुन २९ मा उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ६ : ३५ बजे

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले