एकीकृत समाजवादीको मतगणनामा तनाव « Khabarhub

एकीकृत समाजवादीको मतगणनामा तनाव

धकेलाधकेल भएपछि आधा घण्टा स्थगित, पदाधिकारीलाई मात्र गणनास्थलमा राखेर गन्न सुरु


११ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी र पोलिटब्यूरो चयन गर्न भएको निर्वाचनको मतगणनामा तनाव भएको छ ।

धकेलाधकेल भएपछि मतगणना नै झण्डै आधा घण्टा रोकिएको छ ।

एकै ठाउँमा मतगणना गरेको भन्दै पदाधिकारी बाहेकका व्यक्तिहरू मतगणना स्थलमा पसेपछि विवाद भएको हो ।

अहिले केही ग्याप राखेर अलग-अलग तीन ठाउँमा मतगणना सुरु भएको छ । मतगणनास्थलमा पदाधिकारीका उम्मेदवारहरूलाई मात्रै बस्न दिइएको छ ।

बीचमा अवरोध नभए आजै मध्यरातसम्म मतगणना सकिने र परिणाम सार्वजनिक हुने पार्टीका नेताहरूले बताएका छन्‌ ।

१७ पदाधिकारी र १०५ पोलिटब्यूरो चयन गर्न एकीकृत समाजवादीले १०औं महाधिवेशन सम्पन्न गरेको झण्डै डेढ महिनापछि निर्वाचन गराएको हो ।

यो पनि–

एकीकृत समाजवादीको निर्वाचन : ड्रमबाट मतपत्र झिकेर गन्न सुरु

एकीकृत समाजवादीको निर्वाचन : पानीको ड्रममा खसालिँदै मत (तस्बिरहरू)

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  १० : ०३ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई