समाचार

एकीकृत समाजवादीको मतगणनामा तनाव

By खबरहब

August 27, 2024

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी र पोलिटब्यूरो चयन गर्न भएको निर्वाचनको मतगणनामा तनाव भएको छ ।

धकेलाधकेल भएपछि मतगणना नै झण्डै आधा घण्टा रोकिएको छ ।

एकै ठाउँमा मतगणना गरेको भन्दै पदाधिकारी बाहेकका व्यक्तिहरू मतगणना स्थलमा पसेपछि विवाद भएको हो ।

अहिले केही ग्याप राखेर अलग-अलग तीन ठाउँमा मतगणना सुरु भएको छ । मतगणनास्थलमा पदाधिकारीका उम्मेदवारहरूलाई मात्रै बस्न दिइएको छ ।

बीचमा अवरोध नभए आजै मध्यरातसम्म मतगणना सकिने र परिणाम सार्वजनिक हुने पार्टीका नेताहरूले बताएका छन्‌ ।

१७ पदाधिकारी र १०५ पोलिटब्यूरो चयन गर्न एकीकृत समाजवादीले १०औं महाधिवेशन सम्पन्न गरेको झण्डै डेढ महिनापछि निर्वाचन गराएको हो ।

यो पनि

एकीकृत समाजवादीको निर्वाचन : ड्रमबाट मतपत्र झिकेर गन्न सुरु

एकीकृत समाजवादीको निर्वाचन : पानीको ड्रममा खसालिँदै मत (तस्बिरहरू)