शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला भेटियो | Khabarhub Khabarhub

शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला भेटियो


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् ।

आठ वर्षीय र २२ महिनाका बालकमा दादुरा–रुबेला देखिएको हो । अन्य १९ शङ्कास्पद बिरामी फेला परेका छन् ।

शङ्कास्पद बिरामीमा दादुरा–रुबेला भए नभएकाबारे परीक्षण गर्ने काम भइरहेको छ ।

दादुरा–रुबेला नियन्त्रण तथा व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय सहकार्य गरी जनशक्ति परिचालन गरेको छ ।

विश्वस्वास्थ्य सङ्गठन, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय कञ्चनपुरको टोलीले छुट्टाछुट्टै रुपमा दादुरा–रुबेला देखिएको क्षेत्रमा पुगेर अनुसन्धान अध्ययन गरेका छन् ।

बाइस महिनाका बालकले दीपनगर आधारभूत स्वास्थ्य केन्द्रमा नियमित खोपअन्तर्गत दादुरा–रुबेलाको खोप लगाएका हुन् भने आठ वर्ष १० महिनाका बालक पहाडबाट बसाइँसराइ गरेर यहाँ आएका हुन । दादुरा–रुबेला देखिएका क्षेत्रमा खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।

दादुरा–रुबेला भएको क्षेत्रमै लगाउने वा पूरै नगरपालिका क्षेत्रमा लगाउने वा नजिकका पालिकामा लगाउने भन्नेबारे छलफल भइरहेको स्वास्थ्य निर्देशनालय दिपायलका महामारी नियन्त्रणसम्बन्धीका सम्पर्क व्यक्ति हेमराज जोशीले बताए ।

दादुरा–रुबेला रोकथामका लागि खोप अभियान सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए ।

हैजा देखा परेको कैलालीको धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोक क्षेत्रबाट खानेपानी र दिसाको नमुना सङ्कलन गरी प्रयोगशालामा जाँचको काम भइरहेको छ । सो क्षेत्रमा गत बिहीबार २३ र २६ वर्षीय दुई युवकमा हैजा देखापरेको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ११ : ५५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग