सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ « Khabarhub

सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

पोखरा– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको प्रष्ट बटमलाइन सुनाएका छन् ।

गृहप्रदेश गण्डकीको पोखरामा नेपाल पत्रकार महासंघ कास्कीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले यस्तो बटमलाइन सुनाएका हुन् । सञ्चारमन्त्रीगुरुङले सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले सबै विकल्प सकिएपछि संसद्को पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाइएको प्रष्ट पारे ।

उनले वर्तमान सरकारले एक वर्षभित्रमा परवर्तनको अनुभूति हुनेगरि काम गर्ने जानकारी पनि दिए ।

 ‘देशलाई अघि बढाउनु छ । जनतामा छाएको निराशा चिरेर उत्साहित बनाउनु छ । त्यो गर्ने भनेको कामबाटै हो । त्यसकारण देश बनाउने अठोटसहित गठन भएको वर्तमान सरकारलाई असफल हुने छुट छैन । प्रधानमन्त्रीले पनि यस विषयमा हामीलाई स्पष्ट दिशानिर्देश गर्नुभएको छ,’ सञ्चारमन्त्री गुरुङले भने।

मन्त्री गुरुङले राजनीतिक स्थायित्वसहित सुशासन र विकासको गतिलाई तीव्रता दिन संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाइएको बताए । 

‘संसदीय अभ्यासमा प्रमुख दुई ठूला दलको सरकार विरलै बन्ने गर्छ । देशलाई अघि बढाउन मिल्नै पर्ने बाध्यात्मक अवस्थामा मात्रै दुई ठूला दल मिलेर सरकार बनाउनु पर्ने अवस्था हुन्छ । विगतमा पनि त्यही भयो । अहिले पनि हामीले यसलाई अन्तिम विकल्पका रुपमा प्रयोग गरेका हौं,’ मन्त्री गुरुङले भने ।

उनले अहिलेको सरकारपनि असफल भए जनतामा चरम निराशा छाउने भएकोले कामको परिणाम ल्याउनै पर्ने अन्तिम विकल्पमा आफूहरू रहेको बताए ।

नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले सरकारले अर्थतन्त्र सुधार, रोजगारी सिर्जना, सुशासन र विकास गतिविधिलाई केन्द्रमा राखेर काम गर्ने खाका पनि सुनाए ।

यस्तै उनले डिजिटल नेपालको अवधारणाअनुसार विद्युतीय शासन सञ्चालनमा सरकारले जोड दिने जानकारी दिए। सञ्चार क्षेत्रसँग सम्बन्धित ऐन, कानुनलाई समयसापेक्ष ढङ्गले परिमार्जन गरिने पनि मन्त्री गुरुङको भनाइ थियो ।

मन्त्री गुरुङले दूरसञ्चार सेवालाई थप गुणस्तरीय बनाइने तथा सञ्चारमाध्यमको सवलीकरण र पत्रकारको वृत्तिविकासका लागि कार्ययोजना बनाएर काम गर्ने जानकारी पनि दिए।

यस्तै उनले आफू नाम लेखाउन मात्र आएको नभई एक बर्षभित्र ठोश परिणाम ल्याउने प्रतिवद्धतासहित सहयोग र सहकार्यका लागि मिडियादेखि सूचना प्रविधि क्षेत्रका सबै सरोकारवाला पक्षलाई आग्रह गरे ।

गुरुङ सञ्चारमन्त्री नियुक्त भएपछि पहिलो पटक गृहप्रदेश गण्डकी आएका हुन् । गृहजिल्ला लमजुङ जाने क्रममा पोखरा आउएका सञ्चारमन्त्री गुरुङसँग पत्रकार महासंघले पत्रकार भेटघाटको आयोजना गरी आफ्नो समस्यासमेत सुनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  १ : ३६ बजे

बालबालिकामा चपाउने बानी घट्दा दाँत कमजोर : कसरी जोगाउने दाँत ?

काठमाडौँ – पछिल्लो समय बालबालिकामा दाँत बिग्रिने, किरा लाग्ने र

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता