दीपक मनाङेको पारा : छैठौंपटक मन्त्री हुँदा गञ्जी लगाएर ड्यूटीमा ! « Khabarhub

दीपक मनाङेको पारा : छैठौंपटक मन्त्री हुँदा गञ्जी लगाएर ड्यूटीमा !


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


38.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले एकसरो गञ्जी लगाएर सरकारी कार्यकक्षमा ‘ड्यूटी’ गरिरहेको फोटो सार्वजनिक भएको छ । प्रदेश सरकारमा मनाङे छैठौंपटक मन्त्री नियुक्त भएका हुन्‌ ।

एक समय ‘गुण्डानाइके’ को छवि बनाएका मनाङेलाई पछिल्लोपटक मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

स्वतन्त्र उम्मेदवार मनाङे मनाङ प्रदेश सभा निर्वाचन क्षेत्र (ख) र नेपाली काँग्रेसका‍ नेता पाण्डे गोरखा-२ (ख) बाट विजयी भएका हुन्‌ ।

पछिल्लो समय मनाङेले सरकारी कार्यालयमा मदिरा पिउँदै कार्यपालिकाको सामान्य मर्यादासमेत नराखेको, तथानाम बोलेको र गुण्डागर्दीकै शैली देखाउन थालेको सेवाहग्राहीहरूको गुनासो छ । सार्वजनिक भएको निजको तस्बिर चाहिँ केही दिनअघिको हो ।

मन्त्रालयका एक कमर्चारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘सो दिन उनी गञ्जी लगाएरै कार्यकक्षमा बसेका थिए । मदिरा पिउँदै हामी (कर्मचारी) माथि अपशब्द प्रयोग गरे । सेवाग्राहीलाई पनि त्यही हुलियामा भेटे ।’

यस्तै अस्वाभाविक गतिविधिका कारण मनाङे पटकपटक विवादित बन्ने गरेका छन्‌ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  २ : ३७ बजे

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि