विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा « Khabarhub

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

चितवन– विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक फिजियोथेरापी सहितको परम्परागत चिनियाँ उपचार पद्धतिको स्तरवृद्धि गरिएको छ । अस्पतालमा  अत्याधुनिक उपकरण थप गरी सेवा विस्तार गरिएको हो ।

परम्परागत चिनियाँ उपचार विशेषज्ञ चिकित्सक च्या सोङ्ग थाओका अनुसार ७० लाखभन्दा बढीका उपकरण थप गरी सेवा विस्तार गरिएको छ । यसैगरी रु २५ लाख बराबर खर्च गरेर उपचार कक्ष स्तरोन्नति गरिएको छ । फिजियो थेरापी सहित एक्युपञ्चर, कपिङ्ग, स्क्रब मसाज थेरापी, बोन सेटिङ्ग, फ्यूमेजिकेशन लगायतका परम्परागत चिनियाँ उपचार हुने उनले बताए।

चिकित्सक थाओले भने ‘विगतमा थोरै उपकरणले सेवा दिँदै आएका थियौ, अहिले अत्याधुनिक नयाँ उपकरण थप गरेर सेवा विस्तार गरेका छौं ।’ चीन  सरकारको आर्थिक सहयोगमा नै यी उपकरण र स्तरवृद्धिको काम गरिएको उनले जानकारी दिए।

अर्का परम्परागत चिनिया उपचार विशेषज्ञ  चिकित्सक लिउ च्यान चिर्रले मिडियम फ्रिक्वान्सी थेरापी डिभाईस, लो फ्रिक्वान्सी थेरापी डिभाइस, लिम्ब लिङ्केज मेडिकल डिभाइस, ट्रेड मिल, मोटराइज मुभमेन्ट थेरापी डिभाइस, स्टेण्डिङ्ग फ्रेम, ब्यालेन्सिङ बार लगायतका ३० भन्दा बढी आधुनिक उपकरण ल्याइएको जानकारी दिए।

नसा, दीर्घकालीन दुखाइ व्यवस्थापन , हड्डीको समस्याको उपचार परम्परागत चिनिया पद्धति र आधुनिक उपकरणको सम्मिश्रणबाट गरिने उनले बताए । उनले भने ‘क्रोनिक पेन, न्यूरोलोजिकल डिस अर्डर र ट्रमा इन्जुरीको चिनिँया परम्परागत पद्धति सहित आधुनिक उपकरणको प्रयोग गरेर हामीले उपचार गर्दछौँ ।’

हाल दस प्रतिशत हाराहारी क्यान्सरका र ९० प्रतिशत हाराहारी क्यान्सर बाहेकका बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ मासिक छ सय हाराहारी बिरामीलाई सेवा दिँदै आएकोमा अब यो सङ्ख्या बढ्ने अपेक्षा उनको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले फिजियोथेरापी सेवा क्यान्सरका बिरामीका लागि मात्रै नभएर सबैले लिन सक्ने बताए । यस्तो सुविधा अन्यत्र नेपालमा नभएको जनाउँदै उनले न्यून शुल्कमा सेवा लिन सकिने बताए। 

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  २ : ५९ बजे

इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेल : हारबाट निराश छु, टिमप्रति गर्व छ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको हारबाट

झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टरफाइनलमा

झापा – एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणअन्तर्गत

‘फेक रेस्क्यू’ प्रकरण : सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय

असमानता अन्त्यका लागि हाम्रो पार्टी सरकारमा पुग्नुपर्छः सभापति लामिछाने

नवलपरासी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा

इंग्ल्याण्डसँग नेपाल पराजित भएपछि प्रधानमन्त्री कार्कीले भनिन्ः आशा अझै बाँकी छ

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत इंग्ल्याण्डसँग भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल