इजरायली सेनाद्वारा गाजामा पुनः निकासीको आदेश जारी « Khabarhub

इजरायली सेनाद्वारा गाजामा पुनः निकासीको आदेश जारी


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

गाजा– गत बुधबार पाँचवटा इजरायलीको शव बरामद गरेसँगै इजरायली सेनाले शनिबार दक्षिणी गाजाको खान युनिस सहरका बासिन्दालाई उक्त स्थान खाली गर्न आदेश जारी गरेको छ ।

इजरायली सेनाले  गत सोमबारबाट यस क्षेत्रमा कारबाही सुरु गरेदेखि  लडाइँका कारण एक लाख ८०  हजारभन्दा बढी प्यालेस्टिनी विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

प्यालेस्टिनी क्षेत्रमा बिग्रदो स्वास्थ्य र सरसफाइको अवस्था रिपोर्ट गर्दै राष्ट्र सङ्घले बढ्दो द्वन्द्व र बारम्बारको निकासीले सहायता कार्यलाई अस्थिर बनाएको उल्लेख गरेको छ ।  

सुरक्षित मानवीय क्षेत्रसहित खान युनिस क्षेत्रमा सेनाले बासिन्दालाई निकासी चेतावनी दिएपछि स्वास्थ्य मन्त्रालयले सोमबार खान युनिसमा इजरायली कारबाहीमा ७० जनाको मृत्यु हुनुका साथै २ सय भन्दा बढी घाइते भएको जनाएको छ ।

सुरुवाती समयमा तिव्र लडाइँ भएको त्यस क्षेत्रबाट इजरायलतर्फ रकेट फायर रोक्ने कार्य गर्ने जनाउदै सेनाले निकासी आदेश दिएको हो । खान युनिसका बासिन्दालाई शनिबार अल–मवासीको समायोजित मानवीय क्षेत्र  खाली गर्न दिएको यो सेनाको दोस्रो आदेश हो ।  

प्रत्यक्षदर्शी र उद्धारकर्ताहरूले शुक्रबार पूर्वी खान युनिस वरपर लडाइँ जारी रहेको र सहरको नासेर अस्पतालमा चिकित्सकले दक्षिणी प्रान्तका विभिन्न भागहरूबाट कम्तिमा १६ जनाको शव उद्धार गरेको बताएका छन् । 

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ५ : १९ बजे

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र