कांग्रेस–एमालेले भनेको संविधान संशोधनको पछाडि अर्कै कुरा लुकेको छ : माधव नेपाल | Khabarhub Khabarhub

कांग्रेस–एमालेले भनेको संविधान संशोधनको पछाडि अर्कै कुरा लुकेको छ : माधव नेपाल


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गुपचुप रुपमा संविधान संशोधन गर्ने कुरा जायज नभएको बताएका छन् ।

शनिबार पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालले संविधान संशोधन अपरिहार्य भएपनि गुपचुप रुपमा संविधान संशोधन गर्ने कुरा जायज नभएको बताए । 

कांग्रेस–एमालेले भनेको संविधान संशोधनको पर्दा पछाडि अर्कै कुरा लुकेको उनले बताए । उनले आफ्ना स्वार्थ पुरा गर्नका लागि अनेक जामा पहिरिएपनि वास्तविकता समयक्रम अनुसार उजागर हुने जिकिर गरे ।

अध्यक्ष नेपालले जनताको त्याग तपस्याबाट बनेको संविधानमा कुनै प्रकारको आघात नगर्न चेतावनी दिए । उनले कम्युनिष्ट एकताको आधार तयार गर्नका लागि मोर्चा बनाउदै अघि बढ्नुपर्ने बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधान कसैको निगाहमा नबनेको भन्दै दुई दलले मात्रै संशोधन गर्न नसक्ने बताए । उनले संविधानको मूल मर्मलाई मासेर संविधान संशोधन भएमा कांग्रेस–एमालेविरुद्ध देशव्यापी रुपमा महासंग्राम हुने चेतावनी दिए ।

उनले संविधान संशोधन गर्ने भए त्यसका आधारहरू स्पष्ट हुनुपर्ने जिकिर गरे । 

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ५ : ३६ बजे

काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने 

काठमाडौं– काठमाडौं जिल्लामा करिब एक लाख १० हजार २६३  किशोरीलाई

कुलमानले बुझाए ९ बुँदे स्पष्टीकरण (पत्रसहित)

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभागीय

लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने

सिरहा– सिरहाको लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था

कुलमानको स्पष्टीकरण सिंहदरबारमा, हटाएर देखाउन मन्त्री खड्कालाई चुनौती

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई