कोशीमा एमाले-कांग्रेसबीच आलोपालोको सहमति, कांग्रेसले चार मन्त्रालय लिने | Khabarhub Khabarhub

कोशीमा एमाले-कांग्रेसबीच आलोपालोको सहमति, कांग्रेसले चार मन्त्रालय लिने


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसले सरकारमा आलोपालो गर्ने सहमति भएको छ। सहमतिअनुसार अब केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले मुख्यमन्त्री लिने सहमति भएको छ । 

वतर्मान एमाले नेतृत्वको प्रदेश सरकारमा नेपाली कांग्रेसले चार मन्त्रालय लिने सहमति भएको कांग्रेस नेता एव प्रदेश सभासद भीम पराजुलीले बताए।

प्रदेश सभासद पराजुलीका अनुसार दुवै दलका नेताहरूको शनिबार काठमाडौंमा सम्पन्न बैठकले सरकारको नेतृत्व आलोपालो गर्नेसँगै मन्त्रालय भागबन्डाको विषय प्याकेजमा नै सहमति गरेका  हुन् । 

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापाबीचको बैठकले मुख्यमन्त्रीमा आलोपालोसहित प्रदेशमा चार-चार वटा मन्त्रालय लिने गरी सहमति गरेको बैठकमा सहभागी कांग्रेस नेताहरूले बताएका छन् । 

यी दुई दलका नेताहरूले मुख्यमन्त्री पदमा दुवै दलले आलोपालो गर्ने र त्यसको समयको निर्धारण केन्द्रीय गठबन्धन अनुसार गर्ने सहमति भएको छ।

‘केन्द्रमा प्रधानमन्त्री फेरिएपछि प्रदेशमा पनि मुख्यमन्त्री फेरिने सहमति भएको छ’, बैठकमा सहभागी कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रदेश सभा सदस्य पराजुलीले भने ‘मन्त्रालयका हकमा अहिले माओवादी मन्त्रीहरूले सम्हालेको मन्त्रालय कांग्रेसले लिने र थप एउटा मन्त्रालय पनि लिने सहमति भएको छ ।’

कोशीमा अहिले एमालेका कार्की मुख्यमन्त्री छन् भने संघमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । यो सहमति अनुसार अब केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले मुख्यमन्त्री लिनेछ ।

पराजुलीका अनुसार प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय, वन वातावरण तथा पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय कांग्रेसले लिने निश्चित भएको छ । यी तीन वटै मन्त्रालय यसअघि माओवादीसँग थियो । 

कांग्रेसले यी बाहेक सामाजिक विकास र कृषि मन्त्रालयमध्ये एउटा लिने सहमति पनि भएको छ । 

‘माओवादी मन्त्रीहरूले छाडेकाबाहेक सामाजिक विकास र कृषिमध्ये एउटा मन्त्रालय लिने सहमति छ’, पराजुलीले भने ‘पछि मुख्यमन्त्री फेरिएपछि अहिले कांग्रेसले लिएका मन्त्रालय एमालेले लिने सहमति भएको छ ।’ 

प्रदेशको सामाजिक विकास मन्त्रालयमा अहिले एमालेका पाँचकर्ण राई मन्त्री छन् भने कृषि मन्त्रालय मुख्यमन्त्री आफैले राखेका थिए । अहिलेको एमालेबाट मुख्यमन्त्री कार्कीसहित आर्थिक मामिला मन्त्रालय (मन्त्री राम राना), सामाजिक विकास (मन्त्री पाँचकर्ण राई), आन्तरिक मामिला तथा कानुन (लीलाबल्लभ अधिकारी) र राज्यमन्त्री सृजना राई छन्। 

एमाले र कांग्रेसबीच मन्त्रालय भागबन्डाको टुंगो लागेपछि कांग्रेसभित्र मन्त्री बन्ने दौड झनै बढ्ने निश्चित भएको छ । पराजुलीका अनुसार भागबन्डा टुंगो लागेसँगै अब केन्द्रीय नेतृत्वले मन्त्रीहरूको नाम टुंगो लगाउनेछ । शुक्रबार मात्रै माओवादीका मन्त्रीहरूले राजीनामा दिँदै सरकार छाडेका थिए । 

कांग्रेस कोशीमा संस्थापन पक्षका नेताहरू अमृत अर्याल, प्रदीप सुनुवार,  हिमाल कार्की,  खगेनसिंह हाङ्गाम, डोल्मा तामाङ, सिटौला पक्षका भीम पराजुली, भूपेन्द्र राई तथा शेखर कोइराला पक्षका पनि बहुसङ्ख्यक सांसद मन्त्री हुने दौडमा छन् ।

तर काँग्रेस संसदीय दलले मन्त्रीको टुंगो लगाउन भने बाँकी छ। ‘कांग्रेसले दुई दिनभित्रमा नाम टुंगो लगाउने सम्भावना छ’, पराजुलीले भने ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ७ : ४५ बजे

पहिलो पुस्ताका नेता बिदा नभएसम्म पार्टी एकताको अर्थ छैन : घनश्याम भुसाल

काठमाडाैं – नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा

११ दिनदेखि बेपत्ता सुनार मृत भेटिए

हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत

नवलपरासीमा बेमौसमी वर्षाले धान, तोरी र आलुमा क्षति

नवलपरासी – पश्चिम नवलपरासीमा मङ्गलबारदेखि परेको बेमौसमी वर्षाले धान, तोरी,

‘अत्यावश्यकबाहेक मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नू’

मुग्लिन (चितवन)– अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि नारायाण्ढ–मुग्लिन र

जेनजीले कुरा बुझ्न थाले म खुसी छुः प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको बुझाइमा आकाश-जमिन परिवर्तन आएको बताएकी