विशेष ब्यूरोका डीआईजी मनोज केसीको सरुवा « Khabarhub

विशेष ब्यूरोका डीआईजी मनोज केसीको सरुवा


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवा गरिएको छ । ब्यूरो इन्चार्ज भएर काम गरेको दुई महिना नपुग्दै उनको सरुवा गरिएको हो ।

डीआईजीमा बढुवा भएपछि उनलाई विशेष ब्यूरोमा पठाइएको थियो । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडी बढाइएको थियो । ब्यूरोबाट हटाइएका केसीको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीआईजी राजन अधिकारीलाई विशेष ब्यूरोमा पठाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ९ : २२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु