‘दुई तिहाइको सुशासन एक साता पनि टिकेन’ « Khabarhub

‘दुई तिहाइको सुशासन एक साता पनि टिकेन’


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो सरकारको सुशासन एक साता पनि नटिकेको बताएका सन् ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभा बैठकमा दाहालले संसद्का दुई प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) लगायत सत्तारुढ दलमाथि सुशासन मामिलामा सवाल उठाएका हुन् । दाहालले भुटानी शरणार्थी काण्डमा वर्तमान सरकारले छानबिन गरिरहेका प्रहरी अधिकृतमाथि नै छानबिन शुरू गरी दुई तिहाइको सुशासन देखाएको भन्दै व्यङ्ग्य प्रहार गरे ।

‘दुई तिहाइको बलियो सरकारले बल देखाउन सात दिन पनि पर्खेन । भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्यूरो प्रम्ुखको सरुवा भयो, त्यो पनि विमान दुर्घटनाले जनताको ध्यान अन्तै तानेको दिन पारेर !’ दाहालले भने, ‘यही रोष्टमबाट मैले भनेको थिएँ कि सरकार सुशासनसँग तर्सिएर बनेको हो । सुशासनको वेगलाई रोक्न, आफू र आफ्नाहरू जोगाउन र जोगिन बनेको हो ।’

त्यसो भने पनि आफूलाई कम्तिमा भुटानी शरणाथी प्रकरणमा केही दिन त सरकारले यताउति गर्ला, अनुसन्धान भइरहेको भान देला, जनतासँग अलिअलि डराउला भन्ने लागेको दाहालले बताए ।

आफू नेतृत्वको सरकारले भुटानी शरणार्थी, बाँसबारी, बालमन्दिर लगायतका थुप्रै काण्डको धेरै सफल छानबिन गर्दै गर्दा नयाँ सरकार आएको पनि दाहालले तर्क गरे । उनले प्रश्न गरे, ‘नयाँ सरकारले के गर्‍यो ? हिजो ती काण्डको छानबिन गरिरहेका प्रहरी अधिकृतमाथि नै छानबिन शुरू गर्‍यो । यसरी सुरु भयो दुई तिहाइको सुशासन !’

नक्कली भुटानी शरणार्थी काण्डलाई सामसुम पार्न र अरु अपराधीहरूलाई जोगाउन सरकार लागिपरेको दाहालले आरोप लगाए । त्यो खतरनाक भएको भन्दै उनले कांग्रेस एमालेले नक्कली शरणार्थी काण्डमा एक अर्कोलाई जोगाउन उन्मुक्ति दिने काम सामान्य अपराध नभएको पनि दाबी गरे ।

दाहालले थपे, ‘यसले अन्तरराष्ट्रिय जगतमै नेपालको कानूनी, नैतिक, राजनीतिक र सामाजिक प्रतिष्ठा नै धुलोपीठो पारेको छ । यस्तो निर्लज्ज र निकृष्ट घटनाको अनुसन्धान गरिरहेका क्षमतावान र साहसी प्रहरी अधिकृतहरूलाई पुरस्कार होइन, उल्टो सरुवा र छानबिन गरेर बाँकी विश्वलाई तपाईंहरू बाँकी विश्वलाई के सन्देश दिँदै हुनुहुन्छ ?’

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  २ : ३३ बजे

कञ्चनपुरका मुक्त हलिया भन्छन्- पहिले लिखित प्रतिबद्धता, अनिमात्र मतदान

कञ्चनपुर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरका मुक्त हलिया

विश्वकप : समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार समूह चरणको एउटा

मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति

मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

मुस्ताङ– चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

काठमाडौं– आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम