गीत ‘न उनले लेखिन् न मैले लेखेँ’ : रिमेकले हिमाललाई सम्झाएको २० वर्ष पूरानो किस्सा ! « Khabarhub

गीत ‘न उनले लेखिन् न मैले लेखेँ’ : रिमेकले हिमाललाई सम्झाएको २० वर्ष पूरानो किस्सा !


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक हिमाल सगरले गत असारमा ‘न उनले लेखिन् न मैले लेखेँ’ गीतको रिमेक सार्वजनिक गरे । आफूलाई दर्शकमाझ चिनाउने सो गीत उनले २० वर्षपछि रिमेक गरेका हुन् ।

रिमेकलाई उनले केही नयाँ ढंगले पस्किएका छन् । रिमेक गर्नुको प्रमुख कारण बारे उनी भन्छन्, ‘पूराना दर्शकलाई नयाँ माध्यमबाट भेट्न मैले रिमेक गरेको हुँ ।’

उक्त गीतको भिडियोमा हिमाल र नायिका केकी अधिकारी फिचर्ड छन् ।

‘न उनले लेखिन् न मैले लेखेँ’ हिमाल सागरको पहिलो एल्बम ‘रिलेसन’को एक गीत हो । जुन वि.सं. २०६० सालमा सार्वजनिक भएको थियो ।

उक्त गीतलाई हिमाल सागर आफ्नो गायन यात्राको नयाँ मोड मान्छन् । भन्छन्, ‘त्यो गीत हिट नभएको भए मैले गायक जीवन बाँच्न पाउँदैन थिएँ होला ।’

रिमेकले सम्झाएको किस्सा

हिमाल सागरलाई यो गीतको लिरिक्स मानस केसीले दिएका हुन् । थानकोटमा डेरा नजिक भएकाले उनीहरुको चिनजान भएको हो ।

त्यसबेला अहिले जस्तो युटुबमा प्रचलनमा थिएन । गीतको एल्बम बनाएर कम्पनीमार्फत् बेच्नुपर्थ्यो । एल्बमका लागि करिब दुई लाख लगानी लाग्थ्यो ।

हिमाल भन्छन्, ‘त्यो ठूलो पैसा हो । म दोस्रो पटक काठमाडौं टेकेको मान्छे, न जागिर थियो । आफैँ लगानी गरेर एल्बम बनाउने अवस्था थिएन ।’

मामाको छोरा भारतकुमार पाठक र साथी चुडामणि दाहालले लगानी गरेकाले एल्बम निकाल्न मेसो मिलेको उनी सम्झन्छन् ।

भन्छन्, ‘सबै कुराको मेसो मिल्यो । हिट गीतहरु रेकर्ड गर्ने स्टुडियो खाजियो । एक हिट गायकको एल्मब पछाडि लेखेको स्टुडियोको ठेगाना हेरेँ । अनि त्यही गीत रेकर्ड गराउने निर्णय गरेँ । त्यहाँबाट गीत निकाल्दा हिट हुन्छ भन्ने मेरो साेच थियो ।’

यसरी उनी पहिलो पटक स्रोह खट्टेस्थित एक रेकर्डिङ स्टुडियोमा पुगे । तर प्राविधिक ज्ञान नभएकाले गीत रकेर्ड गराउन नसकेनन् ।

‘पहिलो पटक ट्रयाकमा गीत गाएको थिएँ । रेकर्डिस्ट दाइले सुर लागेन भन्नुभयो । मलाई सुर भनेको पनि थाहा थिएन,’ उनी भन्छन्, ‘उहाँले भोकलमा सम्भावना छ, संगीत सिक्नु अहिले हुँदैन भनेर सल्लाह दिनुभयो ।’

सोही सल्लाहअनुसार सन्तबहादुर गौतमसँग चार महिना संगीत सिकेर यो गीत सोही स्टुडियोमा रेकर्ड गराएको उनी बताउँछन् ।

भन्छन्, ‘हिट गीत दिने स्टुडियो भएकाले मलाई अन्त जान मन थिएन । चार महिना संगीत सिकेर त्यही गएँ । पछि जाँदा उनै रेकर्डिस्ट दाइले चार महिना संगीत सिकेर केही बिग्रियो त ? अहिले हेर त कति राम्रो भयो भन्नुभयो ।’

सो ‘रिलेसन’ एल्बम तयार भएर बजारमा पुग्न  भने लामै समय लागेको उनी सुनाउँछन् । कुनै कम्पनीले एल्बम नकिन्दा लामो समय दौडधुप गर्नुपरेको उनी बताउँछन् ।

भन्छन्, ‘धेरै कम्पनीमा गएँ । कसैले किनेनन् । पछि बल्लबल्ल धवलागिरी क्यासेट सेन्टरले किन्यो ।’

एल्बम बजारमा पुगेपछि भने हिमाल निराश हुनुपरेन । ५० हजार प्रति एल्बम बिक्नुलाई हिट मानिने समयमा कम्पनीले डेढ लाखप्रति बिकेको दाबी गरेको उनी बताउँछन् ।

सो एल्बमको ‘न उनले लेखिन् न मैले लेखेँ’ गीत बढी चर्चा पाएकाले आफूले गायकको परिचय पाएको उनलाई महसुस हुन्छ ।

भन्छन्, ‘यो एल्बमपछि म गायकका रुपमा पहिलो पटक पेप्सीकोलाको मञ्चमा चढेको हो । त्यही स्टेजमा कुन्ती मोक्तान र यम बरालहरूले पनि प्रस्तुतिदिनुभएको थियो ।’

त्यसबेला गायकका रुपमा बुझेको २२ सय पारिश्रमिक उनले भुलेका छैनन् ।

सोही एल्बमबाट ०६१ सालमा त्यसबेला चर्चित ‘ढुकढुकी पप अवार्ड’ जितेको उनी बताउँछन् ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ८ : ३२ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो