रास्वपा केन्द्रीय समिति बैठक बस्दै, मुकुलको साधारण सदस्यता के होला ? | Khabarhub Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, मुकुलको साधारण सदस्यता के होला ?


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

आजको बैठकमा यसअघि पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाइएका डा. मुकुल ढकालमाथि अनुशासनको कारबाहीबारे छलफल हुने बुझिएको छ ।

रास्वपाले दोस्रो पटक स्पष्टीकरण सोधिएका डा. ढकाललाई साधारण सदस्यबाट पनि हटाउने विषयमा छलफल गर्न लागेको हो ।

ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप छ । गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए ।

उक्त प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको कार्यशैली तथा पार्टी सञ्चालन प्रक्रियाको आलोचना गरिएको थियो ।

पार्टीको आन्तरिक प्रतिवेदनमाथि मिडियामा सार्वजनिक गरेको आरोप लगाउँदै रास्वपाले गत असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो ।

उनलाई गत असार १२ गते पहिलो र यही भदौ ६ गते दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो ।

आजको बैठकमा आगामी असोजमा हुने, राष्ट्रिय भेला छाया सरकार सञ्चालन कार्यविधि, सङ्गठन सुदृढीकरण र विस्तार लगायत समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

रास्वपाले आगामी असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ७ : ४३ बजे

संसद् बन्धक बनाएर सरकार अध्यादेशमा चल्दा स्थायित्व हुँदैन : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले दुईतिहाई बहुमतको सरकारले अध्यादेशमार्फत

जायजेथा हुण्डीबाट पठाएर विदेशमै बास, गृह र अध्यागमनसँगै छैन विवरण

काठमाडौं – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो–इकानोमिक रिसर्च (आइएसएसआर) ले

कलुवापुरमा खानेपानी समस्या हट्यो

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–११ का बासिन्दालाई सहज खानेपानी उपलब्ध गराउन पाँच

महोत्तरीमा धान उत्पादन बढ्यो

जलेश्वर- महोत्तरीमा यस वर्ष धान उत्पादन बढेको छ । कृषि

कुर्स्क क्षेत्रबाट दुई उत्तर कोरियाली सैनिक नियन्त्रणमा लिइएको युक्रेनको दाबी

किएभ– युक्रेनले कुर्स्क क्षेत्रबाट दुई उत्तर कोरियाली सैनिक नियन्त्रणमा लिएको