कांग्रेस सभापति देउवाले महामन्त्रीद्वयसँग छलफल गर्दै | Khabarhub Khabarhub

कांग्रेस सभापति देउवाले महामन्त्रीद्वयसँग छलफल गर्दै


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गर्ने भएका छन् ।

बिहान ११ बजे देउवा निवास बूढानीलकण्ठमा हुने छलफलमा केन्द्रीय समिति बैठकमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदनका विषयमा छलफल हुने बताइएको छ ।

सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाएका छन् ।

पार्टी केन्द्रीय समितिमा महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी रहेका बेला सभापति देउवाले यस प्रस्तावलाई परिमार्जनका लागि महामन्त्रीद्वयसँग सहमति जुटाउने प्रयास गरेका हुन् ।

महासमिति बैठकमा राखिएको महामन्त्री थापाको कांग्रेसले निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने र रूखमा भोट हाल्न पाउने ग्यारेन्टी सहितको प्रस्ताव तथा अर्का महामन्त्री शर्माको एक पटक राष्ट्रपति‚ २ पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटक सांसदको प्रस्तावमा केन्द्रीय समितिमा मतभेद छ ।।

महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुनेछ ।

सभापति देउवा चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका छन् ।

त्यस्तै देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै  सो प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन् ।

महामन्त्रीद्वयका प्रस्तावमा सहमति हुन नसक्दा गत साउन २३ गतेदेखि सुरु केन्द्रीय समिति बैठक २८ गतेसम्म चलेर भदौ ६ गते सम्मका लागि स्थगित गरिएको थियो । त्यसपछि  भदौ ७ गते बसेको बैठमा पनि सहमति जुट्न नसके पछि भदौ १२ गते बस्नेगरी स्थगित भएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ८ : २० बजे

संसद विघटन असंवैधानिक : नेपाल बार 

काठमाडौं– नेपाल बार एशाेसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको संसद विघटनको

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपिएको

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौं– संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि पूर्वप्रधानन्यायाधीश सुशीला

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल