ओमानका विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने « Khabarhub

ओमानका विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्दैछन् ।

परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणमा हिजो काठमाडौं आइपुगेका विदेशमन्त्री हमाले दिउँसो १ बजे प्रधानमन्त्री ओली र ३ बजे राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि बिहान ११ बजे होटल सोल्टीमा दुई देशका समकक्षीबीच छलफल हुनेछ ।

नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने तथा श्रम सम्झौताका विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री हमाद आजै साँझ ओमान फर्किने कार्यक्रम रहेको छ ।

 

 

 

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  १० : १९ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु