पेशावरका ९ हजार प्रहरीमध्ये आधा भीआईपीको सुरक्षामा, बाँकीलाई ५० लाख जनताको जिम्मा « Khabarhub

पेशावरका ९ हजार प्रहरीमध्ये आधा भीआईपीको सुरक्षामा, बाँकीलाई ५० लाख जनताको जिम्मा


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको पेशावर शहर सुरक्षाको दृष्टिले निकै जोखिमपूर्ण र संवेदनशील मानिन्छ । लडाकु समूहको बाक्लो उपस्थिति रहेको खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेशावरमा हिंसात्मक अपराधका घटना पनि बारम्बार दोहोरिने गरेको छ ।

तर, यो पेशावर शहरका आधाजति प्रहरी उच्च पदस्थ व्यक्तिको सुरक्षामा मात्रै खटिने गरेको पाइएको छ ।

पाकिस्तानको एक्सप्रेस ट्रिब्युन अखबारका अनुसार पेशावर शहरका ३५ चौकीमा कुल ९ हजार प्रहरी तैनाथ छन् ।

तीमध्ये आधा अर्थात् ४५ सय जना त अतिविशिष्ट, विशिष्ट व्यक्ति, जनप्रतिनिधि, संवेदनशील भवन र विदेशी नियोग र सरकारी भवनको सुरक्षामा मात्रै तैनाथ हुने गरेका छन् । बाँकी ४५ सयजना प्रहरीले ५० लाख जनताको सुरक्षा गर्नुपर्ने बाध्यता रहेको ट्रिब्युनले जनाएको छ । फलस्वरुप शहरमा अपराधका घटना पनि बढ्दै गएको पाइएको छ ।

पछिल्लो समय शहरमा हरेक साता दिनदहाडै चोरीका १४० देखि १७५ वटा घटना दर्ता हुने गरेको छ । त्यसबाहेक यो वर्षमात्रै शहरमा ३ सय ३८ जनाको हत्या भइसकेको छ । ५१ जनालाई अपहरण गरिएको वा बेपत्ता पारिएको छ ।

सुरक्षा अधिकारीले भने उच्च पदस्थ व्यक्ति तथा संवेदनशील भवनको सुरक्षाका लागि छुट्टै सुरक्षा एकाइ बनाउने योजनाअघि सारिएको बताएका छन् । यसबाट प्रहरीमाथिको दबाब केही कम हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  १० : ५६ बजे

‘चुनौतीकाबीच सम्मानजनक मत पायौँ’

काठमाडौं– उज्यालो नेपाल पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

जेन-जी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह : अर्थ मन्त्रालय

काठमाडौं– अर्थ मन्त्रालयले ‘जेन-जी आन्दोलनको बुझाइ : मूल कारण, वास्तविकता

ओली हार्दा प्रधानमन्त्री कार्की चकित, भनिन् ‘मैले त्यस्तो होला भन्ने कल्पना गरेको थिइनँ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

प्रत्यक्षमा आठ सिट जितेको नेकपाले समानुपातिकमा पठायो यी नौ नाम

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले

राजनीति तात्दा सिनेमा हलको कन्तबिजोग

काठमाडौं – देशमा राजनीतिक घटनाक्रम चर्चामा रहँदा फिल्मी गतिविधिहरू छायाँमा