चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्छ : कृषिमन्त्री अधिकारी « Khabarhub

चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्छ : कृषिमन्त्री अधिकारी


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा उत्पादित अर्थोडक्स चिया बजारीकरणलाई आवश्यक सहजिकरण गर्ने बताएका छन्  ।

नेपालमा उत्पादित अर्थोडक्स चिया प्रतिस्पर्धा एवम् ५८ कारखानाका एकसय बढी प्रकारको चिया प्रदर्शनी कार्यक्रमको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै अधिकारीले अर्थोडक्स चियाले विश्वका उत्कृष्ट चियासँग प्रतिस्पर्धा गर्न सक्ने भएकाले यसको बजारीकरणलाई सहजीकरण गर्ने बताएका हुन् ।

उनले नेपाली चियाको बजारिकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्नेमा जोड दिए। नेपालको अर्थोडक्स चिया परम्परा र संस्कृतिमा गहिरो सम्बन्ध भएको एक सम्पदा समेत भएको उनको भनाइ छ ।

उनले नेपाली चियाको आन्तरिक खपत वृद्धि गर्नका लागि गुणस्तर सुधारमा केन्द्रित हुनुपर्ने बताए ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  २ : १८ बजे

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ