‘संविधान संशोधनका नाममा जनताका अधिकार खोसे माओवादीले प्रतिकार गर्छ’ « Khabarhub

‘संविधान संशोधनका नाममा जनताका अधिकार खोसे माओवादीले प्रतिकार गर्छ’


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनका नाममा जनताका अधिकार खोस्ने प्रयास गरिए डटेर प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र संविधान संशोधनबाट भने नभाग्ने बताएका छन् ।

‘नेपाली कांग्रेस र नेकपा (एमाले)का केही साथीहरूले अझै पनि संविधान संशोधनको पत्ता फ्याँकिरहनु भएको छ । तपाईंहरूलाई अनुरोध छ, राम्ररी गृहकार्य नगरी यो विषयमा जथाभावी नबोल्नुहोला’, उनले भने, ‘यस विषयमा पहिला आआफ्नै पार्टीमा सल्लाह गर्नुहोला ।’

उनले माओवादी केन्द्र संविधान संशोधनबाट कुनै हालतमा पर नभाग्ने बताए ।

‘जब मैले यस सम्मानित संसदमा ०४८ देखि २०६३ सम्म तपाईंहरूको रामराज्यको समावेशिता सम्झाएँ, तपाईंहरूकै पार्टीका मधेशी, दलित, महिला, आदिवासी–जनजाति, धार्मिक अल्पसंख्यक सांसद्हरुले मसँग भावना र अनुग्रह साटे’, उनले भने, ‘आज अनुशासनको डन्डाले ती बोलिनहाल्लान् तर भोलि बोल्छन् । जहाँसम्म हाम्रो कुरा छ, माओवादी अध्यक्ष र प्रमुख प्रतिपक्ष दलको नेताका रुपमा तपाईंहरूलाई बचन छ मेरो, माओवादी संविधान संशोधनबाट भाग्दैन ।’

संसद्‍मा संविधानका एक एक बुँदा, एक एक धारा र एक एक दफामा छलफल गर्न माओवादी केन्द्र तयार रहेको उनले बताए । तर उत्पीडित वर्ण, वर्ग र समुदायले ठूलो बलिदानपछि प्राप्त गरेका समावेशी र समानुपातिक अधिकार खोस्ने दुःसाहस भए डटेर प्रतिवाद गर्ने चेतावनी उनले दिए ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  २ : ३५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने