‘संविधान संशोधनका नाममा जनताका अधिकार खोसे माओवादीले प्रतिकार गर्छ’ « Khabarhub

‘संविधान संशोधनका नाममा जनताका अधिकार खोसे माओवादीले प्रतिकार गर्छ’


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनका नाममा जनताका अधिकार खोस्ने प्रयास गरिए डटेर प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र संविधान संशोधनबाट भने नभाग्ने बताएका छन् ।

‘नेपाली कांग्रेस र नेकपा (एमाले)का केही साथीहरूले अझै पनि संविधान संशोधनको पत्ता फ्याँकिरहनु भएको छ । तपाईंहरूलाई अनुरोध छ, राम्ररी गृहकार्य नगरी यो विषयमा जथाभावी नबोल्नुहोला’, उनले भने, ‘यस विषयमा पहिला आआफ्नै पार्टीमा सल्लाह गर्नुहोला ।’

उनले माओवादी केन्द्र संविधान संशोधनबाट कुनै हालतमा पर नभाग्ने बताए ।

‘जब मैले यस सम्मानित संसदमा ०४८ देखि २०६३ सम्म तपाईंहरूको रामराज्यको समावेशिता सम्झाएँ, तपाईंहरूकै पार्टीका मधेशी, दलित, महिला, आदिवासी–जनजाति, धार्मिक अल्पसंख्यक सांसद्हरुले मसँग भावना र अनुग्रह साटे’, उनले भने, ‘आज अनुशासनको डन्डाले ती बोलिनहाल्लान् तर भोलि बोल्छन् । जहाँसम्म हाम्रो कुरा छ, माओवादी अध्यक्ष र प्रमुख प्रतिपक्ष दलको नेताका रुपमा तपाईंहरूलाई बचन छ मेरो, माओवादी संविधान संशोधनबाट भाग्दैन ।’

संसद्‍मा संविधानका एक एक बुँदा, एक एक धारा र एक एक दफामा छलफल गर्न माओवादी केन्द्र तयार रहेको उनले बताए । तर उत्पीडित वर्ण, वर्ग र समुदायले ठूलो बलिदानपछि प्राप्त गरेका समावेशी र समानुपातिक अधिकार खोस्ने दुःसाहस भए डटेर प्रतिवाद गर्ने चेतावनी उनले दिए ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  २ : ३५ बजे

प्रदिपले छाडेपछि उपाध्यक्षका लागि रघुजीलाई अवसर

काठमाडौं– नेकपा एमालेको उपाध्यक्ष पदका लागि ओली समूहले रघुजी पन्तलाई आफ्नो

एमालेका युवा नेतालाई प्रश्न : महाधिवेशनपछि एमाले कस्तो होला ?

काठमाडौं । नेकपा एमाले ११औं महाधिवेशनको अन्तिम चरणमा छ ।

पुराना र पाका नेताहरूलाई सम्मान गर्न प्यानलमा नाम समेटेका हौँ : कर्ण थापा

काठमाडौं- नेकपा एमाले एघारौं महाधिवेशनमा सचिव पदका उम्मेदवार कर्ण थापाले

वैचारिक आरोह अवरोह झेल्दै कम्युनिष्ट आन्दोलन

नेपालको कम्युनिष्ट आन्दोलन कुनै एक चरणको राजनीतिक अभ्यास होइन, दक्षिण

प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्यको शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक नयाँबजारस्थित