फिल्म ‘पिताम्बर’को दोस्रो चरणको छायांकन सुरू « Khabarhub

फिल्म ‘पिताम्बर’को दोस्रो चरणको छायांकन सुरू


११ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘पिताम्बर’को दोस्रो चरणको छायांकन सुरु भएको छ । भदौ १० गते कृष्ण जन्माष्टमीको अवसर पारेर बालाजुस्थित एनएफडीसी ल्याबबाट छायांकन सुरु गरिएको हो ।

सिनेमाकी निर्देशक कृषा चौलागाईंका अनुसार सौगात मल्ल र प्रदीप खड्काको अंशबाट छायांकन सुरु गरिएको हो ।

निर्देशक कृषाको अनुसार अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आँचल शर्मा छायांकनमा सहभागी छैनन् । अनुप अमेरिकाबाट फर्केपछि र आँचल ‘वर एण्ड वधु’ रिलिजपछि छायांकनमा जोडिने उनको भनाइ छ । हाल फिल्मका अन्य कलाकार छायांकनमा छन् ।

उनका अनुसार केही दिनमा काठमाडौंको छायांकन गरी बाँकीका लागि नवलपरासी जाने तालिका छ ।

सिनेमाको पहिलो चरणको छायांकन पनि नवलपरासीमै गरिएको थियो । पहिलो चरणमा १० दिन छायांकन भएको हो ।

यो फिल्ममा कलाकारहरूको बलियो ‘लाइअप’ छ । फिल्ममा सौगात र प्रदीपसहित दयाहाङ राई, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुपविक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, विशाल पहारीको अभिनय रहने छ ।

सिनेमामा अभिनेता आर्यन सिग्देल पनि विशेष भुमिकामा देखिने बताइएको छ । प्रदीप भारद्धाजले यो फिल्म लेखेका हुन् । कृषाको निर्देशन रहने यो दोस्रो फिल्म हो र। उनले यसअघि ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् ।

यस फिल्म निर्माणमा केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको छ । सिनेमाको निर्मातामा विशाल चौलागाईं हुन् । फिल्मको बजेट ५ करोड हुने निर्माण पक्षको अनुमान छ ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ३ : ४४ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर