अब माओवादीलाई एक्लै सत्ताको नेतृत्व गर्ने पार्टी बनाउँछौँ : प्रचण्ड « Khabarhub

अब माओवादीलाई एक्लै सत्ताको नेतृत्व गर्ने पार्टी बनाउँछौँ : प्रचण्ड


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचनबाट पार्टीलाई एक्लै सत्ताको नेतृत्व गर्ने हैसियतमा फर्काउने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधनका क्रममा उनले अब सत्ताका लागि कुनै पनि दलसँग मिल्न नजाने पनि उद्घोष गरे ।

दाहालले अब सत्ताको खेलभन्दा जनताको अधिकारका लागि पार्टीलाई अघि बढाउने पनि बताएका छन् ।

माओवादीको ध्यान अब सत्तामा नभएर कांग्रेस-एमालेको षड्यन्त्रको प्रतिरोधमा रहेको पनि दाहाले बताए।

‘माओवादी अहिले आन्दोलनको पुनर्गठनका क्रममा छ । त्यही पुनर्गठनका बलमा हामी माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौँ’, उनले भने, ‘पहिला पनि एक्लै सत्ताको नेतृत्व बनाउने हैसियतको पार्टी बनाएका हौँ, अब पनि बनाउनेछौं । त्यतिबेलासम्म कृपया तपाईंहरू (कांग्रेस-एमाले) मिलिदिनु होला । फेरि बीचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला ।’

उनले अब कांग्रेस–एमालेसँग सत्तामा हिस्सेदारी माग्न नजाने पनि बताए । माओवादी पार्टीभन्दा पनि आन्दोलन भएको बताउँदै उनले सीमान्त वर्ग, वर्ण, लिंग र क्षेत्रको आन्दोलन भएको उल्लेख गरे ।

‘म यही संसद्‍बाटै स्वीकार गर्छु, यसबीचमा कमजोरी भए । जनतासँग संवादका कमजोरी भए । व्यवहारका कमजोरी भए । वर्गीय पक्षधरताका कमजोरी भए’, उनले भने, ‘त्यही कमजोरीमा खेलेर अब तपाईंहरू सीमान्तका धिकार खोस्न चलमलाउन थाल्नुभयो । माओवादी कमजोर भयो भनेर षड्यन्त्र गर्न थाल्नुभयो । समापन भइसकेको राजनीतिक क्रान्तिको दस्तावेज फेरि उल्टाउन थाल्नुभयो भने हामी प्रतिकारमा उत्रिन्छौँ ।’

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ३ : १० बजे

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.

राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल