फाइल तस्बिर

राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

By खबरहब

August 27, 2024

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक सारेको छ । कांग्रेसले बुधबारका लागि बस्ने भनिएको बैठक भदौ १६ गतेका लागि सारेको हो ।

कांग्रेसको मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन गरिएको जनाएका छन् । उनले बैठक सार्नुको कारण भने खुलाएका छैनन् ।

कांग्रेसले साउन २३ गतेबाट केन्द्रीय कार्यसमिति बैठक डाकेर विभिन्न ११ एजेन्डाहरूमा छलफल गरिरहेको छ ।

बैठकमा अहिलेसम्म पूर्वपदाधिकारी र पदाधिकारीबाहेकका नेताहरूले आ–आफ्नो धारणा राखिसकेका छन् ।

बैठक विशेष गरी गत फागुनमा सम्पन्न महासमिति बैठकमा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनहरूमा केन्द्रित देखिएको छ ।

महासमितिले बैठकमा पेस भएका प्रतिवेदनहरू केन्द्रीय कार्यसमिति बैठकबाट परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको थियो ।