अरुणिमा ‘कम ब्याक’ सिरिजको फर्स्ट लुक फोस्टर सार्वजनिक « Khabarhub

अरुणिमा ‘कम ब्याक’ सिरिजको फर्स्ट लुक फोस्टर सार्वजनिक


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका अरुणिमा लम्सालको कम ब्याकका रुपमा चर्चा बटुलेको वेबसिरिज ‘घर बट इन अमेरिका’को लुक पोस्टर सार्वजनिक गरिएको छ ।

सिरिजकका निर्देशक बिमलेश अधिकारीले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गरेका हुन् । उनले पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘यो विदेशबाट नेपाली कथा वाचनमा एउटा महत्त्वपूर्ण कोशेढुंगा हुनेछ । ..आगामी वेब सिरिजले विश्वभरका मनहरूलाई जोड्नेछ।’

यस सिरिजबाट कुनै समयको चर्चित अभिनेत्री अरुणिमा १० वर्षपछि अभिनयमा फर्किने भएकी छन् । यसमा अरुणिमासहित बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली, र रोजिना थापा लगायतका कलाकारहरूको प्रमुख भूमिका रहने छ ।

यस सिरिजको सम्पूर्ण छायांकन अमेरिकामा नै हुने बताइएको छ । अहिले पनि यसको छायांकन जारी रहेको निर्माण पक्षले बताएको छ ।

सिचुएसनल कमेडी-ड्रामा विधामा निर्माण भइरहेको यो सिरिजको लेखक विवेक चम्लागाईं हुन्।

सिरिज गोप्य लिभ-इन रिलेसनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको कथामा आधारित रहेको बताइएको छ ।

सिरिजको निर्माण सेभेन कलर्स डिजिटलले गरेको हो। सिरिजमा रोशन घिमिरे लाइन प्रोड्युसर, विवेक रसाइली सहायक निर्देशक जिम्मेवारीमा छन् ।

अबको केही दिनमा टिजर सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष रहेको बुझिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ८ : ०१ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने