सीएमएएओको अध्यक्षमा डा. अनिल कार्की निर्वाचित « Khabarhub

सीएमएएओको अध्यक्षमा डा. अनिल कार्की निर्वाचित


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एशिया तथा मध्य र दक्षिणी प्रशान्त महासागर क्षेत्रका चिकित्सकहरुको छाता संस्था कन्फेडेरेसन् अफ मेडिकल एसोसिएशन ईन एशिया एण्ड ओसियानिया (सीएमएएओ)को अध्यक्ष पदमा डा. अनिलविक्रम कार्की निर्वाचित भएका छन् ।

सीएमएएओको फिलिपिन्सको मनिलामा सम्पन्न ३८ औं साधारण सभा तथा ५९ औं परिषद् बैठकले डा कार्कीलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

डा. कार्कीले सन् २०२५ देखि २०२६ सम्म सीएमएएओको नेतृत्व गर्नेछन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्कीले नेपालका लागि यो ठूलो उपलब्धि र अवसर भएको बताउँदै आफ्नो नेतृत्वसँगै सीएमएएओ ३९ औं वार्षिक साधारण सभा २०२५ मा नेपालमा हुने जानकारी दिए ।

फिलिपिन्समा गत शनिबारदेखि सोमबारसम्म चलेको सम्मेलनमा नेपालका तर्फबाट डा. कार्कीसहित चिकित्सक संघका महासचिव डा. सञ्जिब तिवारीले कार्यपत्र समेत प्रस्तुत गरेका छन् ।

सभाले चिकित्सकहरुका साझा सवालबारे १० बुँदे घोषणापत्र समेत जारी गरेको छ। सभाले स्वास्थ्य सेवाका क्षेत्रमा महिलाहरुको योगदानलाई कदर गर्ने, समावेशी र समतामूलक कार्यस्थलको प्रवर्द्धन गर्ने, महिलाहरुको नेतृत्वलाई सहयोग गर्ने, क्षमता अभिवृद्धि र मेन्टरसिप कार्यक्रमको विकास गर्ने, कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्ने लगमयतबम विषय घोषणामा उल्लेख छ ।

सीएमएएओमा नेपाल चिकित्सक संघसहित जापान, कोरिया, अस्ट्रेलिया, हङ्गकङ्ग, इन्डोनेसिया, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, कम्बोडिया, मकाउ लगायतका देशका मेडिकल एसोसिएशनहरु आवद्ध छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ४ : ०४ बजे

जेन-जी आन्दोलनको उपहास : सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर