टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबारे अमरेशको टिप्पणी- घण्टी बज्यो, नेताहरू सच्चिनु पर्छ « Khabarhub

टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबारे अमरेशको टिप्पणी- घण्टी बज्यो, नेताहरू सच्चिनु पर्छ


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभा स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले गौरा पर्व मनाउने क्रममा सोमबार टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ‌ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध लागेको नाराले नेताहरू सच्चिने बेला आएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उनले जनताले नेताहरूविरुद्ध घण्टी बजाउन सुरु गरेको बताए । यसबारेमा उनले सरकारलाई सच्चिएर जनताको आक्रोश सम्बोधन गर्न पनि सुझाएका छन् ।

सांसद सिंहले दुईतिहाइको दम्भमा नरहन सरकारलाई सुझाव दिएका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दुईतिहाइको सरकार हुँदा पनि देश छाड्नुपरेको स्मरण गराउँदै उनले दलीय अंकगणितले केही नहुने बताए ।

‘हिजो टुँडिखेलमा जुन घटना भएको छ, पाटनको कृष्ण मन्दिरमा पनि घटना भएको छ । म सदनको ध्यानाकर्षण गर्न चाहन्छु । त्यो हाम्रो लागि जसरी घण्टी बजाएर संसद्को प्रक्रियामा भाग लिन्छौँ, त्यस्तै हो’, उनले भने, ‘सरकारसँग म प्रश्न गर्न चाहन्छु– तपाईंहरू पहिले जस्तै चल्ने कि सुध्रिने ? नत्र मैले भयावह स्थिति देख्दैछु । आज सत्तामा हुनुहुन्छ, दलीय अंक गणित त शेख हसिनासँग पनि थियो, तर उनले देश छाड्नु पर्‍यो ।’

टुँडिखेलमा गौरा पर्व मनाउन अतिथिका रुपमा पुगेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध नाराबाजी भएको थियो । गौरा मनाउन जम्मा भएका केही युवाहरूले पछाडिबाट आपत्तिजनक र अराजक शैलीमा नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ३ : ५९ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच