सम्पूर्ण देशभक्त शक्ति गोलबन्द हौँ : प्रभु साह « Khabarhub

सम्पूर्ण देशभक्त शक्ति गोलबन्द हौँ : प्रभु साह


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टीले देशलाई विकास र समृद्धिको पथमा लैजान सम्पूर्ण नेपाली एकताबद्ध भएर  लाग्नुपर्ने आवश्यकता औँल्याएको छ ।

उक्त पार्टीको आजदेखि सुरु भएको दुई दिने केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा त्यसका लागि पार्टीको सङ्गठनात्मक क्षमतामा गुणात्मक विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

पार्टीद्वारा अघि सारिएका रूपान्तरणकारी एजेन्डा कार्यान्वयन गर्न सङ्गठन सुदृढीकरणको विकल्प नरहेको जनाउँदै परिवर्तनकारी जनता पहिचान गरी सङ्गठनमा गोलबन्द गर्नु आजको आवश्यकता आएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा संवैधानिक व्यवस्था, राजनीतिक नेतृत्वको चरित्र, राजनीतिक, आर्थिक, सामाजिक अवस्थाको विश्लेषण तथा पार्टीले अघि बढाइरहेका कार्यक्रमको समीक्षा, भ्रष्ट्राचारविरुद्धको आन्दोलन लगायतका विषयवस्तु समेटिएका छन् ।

बैठकलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष प्रभु साहले राष्ट्र र राष्ट्रियता बलियो तुल्याउन सम्पूर्ण देशभक्त शक्तिलाई गोलबन्द हुन आह्वान गरे ।

उनले भने, ‘देशमा परिवर्तन चाहने शक्ति एवं पार्टीसँग सहकार्य गर्नुपर्छ, अग्रगामी सोच भएका दलसँग संवाद, सहकार्य र एकताको माध्यमबाट अघि बढ्न जरुरी छ ।’

बैठकमा समसामयिक राजनीति, मुलुकको अर्थतन्त्र, शिक्षक दरबन्दीलगायतका दलले विगतदेखि उठाउँदै आएका मुद्दाबारे पार्टीको धारणा समेटिएको विशेष प्रस्ताव पेस गरिएको छ । बैठकले मनसुनजन्य प्राकृतिक प्रकोप तथा विभिन्न  दुर्घटना भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ५ : १३ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार