तलबमान समायोजनसम्बन्धी परमादेशविरुद्ध सरकार पुनरावलोकनमा | Khabarhub Khabarhub

तलबमान समायोजनसम्बन्धी परमादेशविरुद्ध सरकार पुनरावलोकनमा


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सर्वोच्च अदालतले समान मर्यादाक्रममा रहेका सरकारी सेवाका कर्मचारीबीच सुरु तलबमान समायोजन गर्न जारी गरेको परमादेशविरुद्ध पुनरावलोकनमा गएको छ ।

मंगलबार महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकार पुनरावलोकनमा गएको हो । सरकार अदालतको आदेश अनुसार तलबमान समायोजन गर्दा राज्यलाई ९२ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी भार थपिने भएकाले दबाबमा परेको थियो ।

चालू आर्थिक वर्षको वार्षिक बजेट संसद्बाट पारित भइसकेको सन्दर्भमा ‘यसै आर्थिक वर्षको सुरुदेखि नै तलब समायोजन गर्नू’ भन्ने आदेश परिपालना गर्न संवैधानिक रूपमा सम्भव नरहेको जिकिर गर्दै सरकार पुनरावलोकनमा गएको छ ।

सरकारले गत २०७९ साउन २६ गते निर्णय गरी निजामती सेवाको राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीमा कार्यरत कर्मचारी र सुरक्षा निकायमा सोही मर्यादाक्रममा कार्यरत कर्मचारीबीच फरक तलबमान निर्धारण गरेको थियो ।

समान हैसियतको सरकारी सेवाभित्र असमान तलबमान निर्धारण भएको भन्दै सहन्यायाधिवक्ता गोविन्द खनाल, उपमहान्यायाधिवक्ता सन्तोष शर्मा, उपमहान्यायाधिवक्ता पदमबहादुर कार्की, उपमहान्यायाधिवक्ता विमला रेग्मी लगायतले रिट दायर गरेका थिए । सोही रिटमा सर्वोच्चले समान मर्यादाक्रममा रहेका कर्मचारीको तलबमान समायोजन गर्न परमादेश जारी गरेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ६ : १४ बजे

रूसको क्यामचाट्कामा ७.४ म्याग्निच्युडको भूकम्प

मस्को– रूसको क्यामचाट्का प्रायद्वीपको तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ

विभिन्न मन्त्रालयमा तोडफोड र आगजनीपछि क्षति विवरण संकलन सुरु

काठमाडौं – जेन-जी प्रदर्शनबाट तोडफोड र आगजनी भएका प्रधानमन्त्री कार्यालय

हेटौँडामा जनजीवन सामान्य बन्दै

बागमती– स्थानीय प्रशासनले निषेधाज्ञा र कर्फ्यु हटाएपछि आज बिहानबाटै हेटौँडालगायत

म्यानमाको राखाइनमा हवाई आक्रमण, १९ जना विद्यार्थीको मृत्यु

एजेन्सी– म्यानमाको पश्चिमी राज्य राखाइनमा भएको एक हवाई आक्रमणमा परी

लुटेरा, अपराधी, चोर र ठगको प्रतिरोध गर्न आह्वान गर्दै महेश बस्नेतले भने- अप्ठ्यारो परे सम्पर्क गर्नू

काठमाडौं– मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमपछि लुटपाट र चोरीका घटना बढ्न