सरकारले ल्याएको प्याकेजमा आशंका नगर्न मन्त्री पाण्डेको आग्रह « Khabarhub

सरकारले ल्याएको प्याकेजमा आशंका नगर्न मन्त्री पाण्डेको आग्रह

'पोखरा र भैरहवा विमानस्थल सञ्चालन गरेमा लाखौँ पर्यटकहरू भित्राउन सकिन्छ'


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न सकेको अवस्थामा लाखौँ पर्यटकहरू भित्राउन सकिने बताएका छन् ।

मंगलबार अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालकहरूसँगको छलफलमा मन्त्री पाण्डे उक्त कुरा बताएका हुन्  । मन्त्री पाण्डेले भने, ‘देश आर्थिक लगायतका जटिलतामा गज्रिरहेको छ । यो सङ्कटको अवस्था हुँदा हुँदै पनि सरकारले विभिन्न प्योकज ल्याएर पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न खोजेको छ।’ उनले देशको जटिलतालाई बुझेर सरकारले गरेको निर्णय कम मान्न नहुने बताए ।

मन्त्री पाण्डेले दुई वटै विमानस्थल सञ्चालनका लागि नीतिगत, व्यवसायिक र सुरक्षाका क्षेत्रमा निरन्तर छलफल गर्न सरकार तत्पर रहेको बताए  ।

उनले पोखरा पर्यटकीय राजधानी भएको उल्लेख गर्दै चीन,भारत लगायतका मुलुकबाट पोखरा र भैरहवामा पर्यटकहरू भित्राउन सकेको अवस्थामा राज्यले लाखौँ राजस्व भित्राउन सक्ने बताए ।

उनले सरकारले ल्याएको प्याकेजमा दुइ वर्षपछि के होला ? भन्ने विषयमा चिन्ता नलिन समेत अन्तर्राष्ट्रिय विमान कम्पनीहरूसँग विश्वास दिलाए । मन्त्री पाण्डेले रुटका विषयमा सरकार चीन भारतसँग कूटनैतिक रूपमा अघि बढिसकेको समेत बताए ।

छलफलमा जजिरा, सिंगापुर एयरलाइन्स लगायतका दर्जन बढी वायु सेवा सञ्चालकहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ६ : २३ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता