प्रवेशाज्ञा लिएरमात्रै ब्राजिल ‘ट्रान्जिट’बाट अन्य मुलुक जान सरकारको आग्रह « Khabarhub

प्रवेशाज्ञा लिएरमात्रै ब्राजिल ‘ट्रान्जिट’बाट अन्य मुलुक जान सरकारको आग्रह


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले प्रवेशाज्ञा लिएरमात्रै ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन आग्रह गरेको छ । ब्राजिलियास्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर प्रवेशाज्ञा लिएरमात्रै ब्राजिल वा त्यहाँ हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन आग्रह गरेको हो ।

ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाललगायत केही देशका राहदानीवाहकलाई प्रवेशाज्ञा लिएको अवस्थामा मात्रै ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको दूतावासले जनाएको छ ।

‘अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ,’ दूतावासले विज्ञप्तिमा उल्लेख गरे छ ।

दूतावासले हालै ब्राजिलको साउपाउलो विमानास्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७ सय विदेशीहरू रोकिएको भन्ने समाचार प्रति ध्यानाकर्षण भएको पनि जनाएको छ ।

‘ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिकहरू सकुशल रहेका छन् र आवश्यकता अनुसार निजहरूलाई मानवीय सहायता पुर्‍याउन दूतावास तयारी अवस्थामा रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति : 

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ६ : ४६ बजे

फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ काे मैदानबाट ४४ वटा

सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा– समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

बस्ती जोगाउन तटबन्ध निर्माण

पाँचथर– पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला