एकीकृत समाजवादीको निर्वाचन : पानीको ड्रममा खसालिँदै मत (तस्बिरहरू) « Khabarhub

एकीकृत समाजवादीको निर्वाचन : पानीको ड्रममा खसालिँदै मत (तस्बिरहरू)


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा ‘मिनी महाधिवेशन’  जारी छ। दशौँ महाधिवेशन असारमै सकिएको अवस्थामा पदाधिकारी र पोलिटब्यूरो सदस्यका लागि अहिले चुनाव भइरहेको छ ।

गत असार १६-२० मै दशौँ महाधिवेशन सकेको समाजवादीले १८ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुँदैछ । पदाधिकारीतर्फ वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे निर्विरोध भएकाले १७ पदाधिकारीका लागि धमाधम मतदान भइरहेको छ ।

असारमा भएको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत चयन गरेको थियो । त्यसबेला ९३ जना केन्द्रीय सदस्य पनि सर्वसम्मत छानिएका थिए।

त्यसपछि आइतबारको केन्द्रीय समिति बैठकले २५१ जनालाई केन्द्रीय समितिमा चयन गरेको थियो । तर अधिकांश पदाधिकारी पदमा सहमति नभएपछि महाधिवेशनकै झल्को दिने गरी समाजवादीले चुनाव गरेको हो ।

१७ पदाधिकारी र १ सय ५ पोलिटब्युरो सदस्यका लागि दिएका उम्मेदवारी परेको थियो । समाजवादीमा ६ उपाध्यक्ष, ४ उपमहासचिव, ७ सचिवको निर्वाचन भइरहेको छ ।

समाजवादीमा ६ उपाध्यक्षका लागि १५ जनाको उम्मेदवारी परेको छ । यस्तै ४ जना महासचिवका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

अन्तिम नामावली सार्वजनिक हुँदा महिला उपाध्यक्षमा रामकुमारी झाँक्री र जयन्ती राई भिडेका छन् । आन्तरिक चुनाव भए पनि थोरै पदका लागि धेरै आकांक्षी भएकाले प्रतिस्पर्धा कडा देखिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ७ : ०७ बजे

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ