शिक्षक समयमै उपस्थित गराउन वैतेश्वरका विद्यालयमा ई-हाजिरी  « Khabarhub

शिक्षक समयमै उपस्थित गराउन वैतेश्वरका विद्यालयमा ई-हाजिरी 


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दोलखा– शिक्षकहरूलाई समयमै उपस्थित भई नियमित पठनपाठन गराउन दोलखाको वैतेश्वर गाउँपालिकाले विद्यालयमा विद्युतीय हाजिरी जडान गरेको छ ।

विद्यालयमा शिक्षकको निरन्तरता र विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन गाउँपालिकाले विद्युतीय हाजिरी सञ्चालन गरेको हो ।

गाउँपालिकाबाटै निगरानी गर्ने गरी विद्युतीय हाजिरी सुरु गरिएको वैतेश्वर गाउँपालिकाकाका अध्यक्ष छबि लामाले बताए ।

विद्यालय नियमित सञ्चालन भए नभएको, शिक्षक आए नआएको जस्ता गुनासा नसुन्न र गुणस्तरीय शिक्षामा सकारात्मक प्रभावका लागि विद्युतीय हाजिरी सुरु गरिएको अध्यक्ष लामाको भनाइ छ ।

गाउँपालिकाले माध्यमिक तहका ८ र आधारभूत तहका ४ वटा विद्यालयमा ई-हाजिर जडान गरेको हो । गाउँपालिकाको हनुमन्तेश्वर मावि, जनज्योति मावि, कालिढुङ्गा मावि, वैतेश्वर मावि, कालिका मावि, विष्णु मावि, जलदेवि मावि, क्षत्रवति मावि तथा आधारभूत तहका ४ वटा विद्यालयहरु कालिदेवि, वुस्ती, धर्मसाला र जाल्पादेवि आधारभूतमा पहिलो पटक विद्युतीय हाजिरी सुरु गरिएको पालिकाका सूचना प्रविधि शाखा प्रमुख मनिक दाहालले जानकारी दिए ।

विद्युत्, कम्प्युटर, इन्टरनेट र अन्य आवश्यक सामग्री गाउँपालिकाले व्यवस्थापन गरेसँगै विद्युतीय हाजिरी सुरु गरिएको उनले बताए ।

शाखा प्रमुख दाहालले विद्यालयमा पुगेर हाजिर जडान गरी शिक्षकहरूलाई प्रणाली प्रयोग सम्बन्धी अभिमुखीकरण समेत दिएका थिए ।

विद्युतीय हाजिरी जडानसँगै शिक्षकले बिहान १० बजे र साँझ ४ बजे अनिवार्य रुपमा हाजिरी गर्नुपर्ने हुन्छ । शिक्षा विकासको विषयलाई प्रमुखताका साथ जोड दिएको गाउँपालिकाले जगदेखि नै सुरु गर्ने गरी कार्य थालनी गरेको गाउँपालिकाले जनाएको छ ।

विद्युतीय हाजिरी जडानपछि शिक्षक नियमित भएको र निगरानी गर्न पनि सजिलो भएको कालीदेवी आधारभूत विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल अधिकारीको भनाइ छ। शिक्षाको गुणस्तर सुधारकै लागि विद्युतीय हाजिरी जडान गरिएको र सामान्य भए पनि केही फरक पर्ने विश्वास गाउँपालिकाले लिएको छ।

गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि अरु नयाँ अभ्यासको थालनी गरिरहेको छ । ई–हाजिरसँगै विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर गाउँपालिकास्तर बाटै छड्के अनुगमन तथा  विद्यालयमा संचालन हुने परीक्षाको अनुगमन गर्ने गरिएको उपाध्यक्ष कल्पना उप्रेतीले बताइन् ।

पछिल्लो समय विद्यालय आएका विद्यार्थी पनि बीचमै घर जाने, अधिकांश नियमित विद्यालय नआउने र शिक्षकले पनि प्रभावकारी शिक्षण सिकाइमा ध्यान नदिने जन गुनासो बढेपछि ई हाजिरीको व्यवस्थापन गरिएको उपाध्यक्ष उप्रेतीको भनाइ छ ।

गाउँपालिकाले वडा कार्यालय तथा स्वास्थ्य चौकी तथा अन्य सरकारी कार्यालयहरूमा पनि ई- हाजिरी लागु गरेको छ।

-सुबास बस्नेत

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ७ : १९ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य