आज २०८१ साल असोज ११ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज ११ गते शुक्रबारको राशिफल


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज ११ गते शुक्रबार तदनुसार सन् २०२४ सेप्टेम्बर २७ तारिख। असोज कृष्ण पक्षको दशमी तिथि। दशमी श्राद्ध। पर्यटक दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। निजी क्षेत्रमा भने तपाईंले गरेको लगानी फस्ने जोखिम छ। संकटमा परिवारले सकारात्मक साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। दुःखमा साथी र बन्धुको साथ मिल्नेछ। परिवारसँगको प्रेम सम्बन्ध कसिलो बन्ने योग छ। राज्यको सेवामा हुनुहुन्छ भने बढुवा हुनेछ।

मिथुन : ग्रह गोचर शान्त र सहज छन्। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। कृषिमा लगानी गरेमा ठुलो आम्दानी हुनेछ। सम्मान प्राप्त हुने दिन छ। समाजसेवामा प्रशंसा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

कर्कट : तपाईंको राशिमा उच्च गतिको प्रकाशमा चन्द्रमा चलेकाले समाजमा मान र प्रतिष्ठा बढ्नेछ। पुराना साथीले महत्त्वपूर्ण सहयोग गर्नेछन्। आज तपाईंले भूमि सम्बन्धी कारोबार नगर्नु राम्रो हुनेछ। परिवारका सदस्यसँग व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

सिंह : तपाईंको बोलीको प्रभावले राम्रा राम्रा काम बन्नेछन्। परोपकार गर्नु राम्रो हुनेछ। लगानीको क्षेत्रमा एकपछि अर्को फाइदा र उन्नति हुनेछ। शिक्षामा गरेको लगानीबाट नाम र दाम प्राप्त हुनेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ।

कन्या : आज तपाईंसामू धेरै अवसर प्राप्त हुनेछन्। धार्मिक चर्चा र परिचर्चाले मन शान्त र हलुका हुनेछ। राज्यका विसंगतीको समीक्षा गर्ने अवसर मिल्नेछ। निजी क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारमा तपाईंको कुरा नबिक्ने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

तुला : आज बोलीमा मोहनी रहेको छ। कला र गलाको प्रशंसा हुनेछ। कला देखाएर आम्दानी हुनेछ। खानपान र व्यायाममा ख्याल नगर्दा रोगको प्रकोप बढ्नेछ। परिवारसँगको सम्बन्ध कसिलो बन्ने योग छ।

वृश्चिक : दिन राम्रो छ। दैनिकी सहज र शान्त रहेको छ। श्रमको उचित मूल्यांकन हुनेछ। मुल त्रिकोणमा चन्द्रमा रहेकाले मनमा नयाँनयाँ र सिर्जनात्मक भाव आउने छन्। आफूले आफूलाई माया गर्न नसक्दा पुरानो रोगले सताउने जोखिम छ।

धनु : धेरै ठाउँमा तपाईंले आलोचनाको सामना गर्नुपर्नेछ। तपाईंले गरेको र्सघर्ष र श्रमको मूल्य प्राप्त हुनेछ। आफ्नो लागि श्रम गर्नुपर्नेछ। परिवारमा मात्र लगानी गर्नु गलत हुनेछ। लगानी गर्नु अगाडि सचेत बन्नु राम्रो होला।

मकर : सञ्चित धन खर्च हुनेछ। मन अशान्त बन्नेछ। शिक्षाको लगानीबाट भने फाइदा हुनेछ। सानो कुराले परिवारमा विवाद बढ्ने भएकाले थोरै बोलेर व्यवहार गर्नु राम्रो हुनेछ।

कुम्भ : दिन सामान्य छ। मन अशान्त बन्ने देखिन्छ। परिवारमा झन्झट आइपर्ने समय छ। शुभग्रहको पहुँच भएकाले लगानीका क्षेत्रबाट सन्तोषजनक नतिजा प्राप्त हुनेछन्। स्वास्थ्यमा ख्याल गरेर अगाडि बढ्नु राम्रो हुनेछ।

मीन : श्रम गरेको क्षेत्रबाट सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा तपाईंको आलोचना हुनेछ। काम गर्दा सचेत बन्नु राम्रो हुनेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ। बिहानै धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दिन शान्त बन्नेछ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ५ : ०५ बजे

फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु

गण्डकी– पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको  आधारभूत तहमा अध्ययनरत

औषधिको ‘प्रमोसन’ गर्नेलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध

काठमाडौं– वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित

कांग्रेस पन्ध्रौँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण

पाटन– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने

गोलकिपर अन्जिला भन्छिन्– राजनीतिको फोहोरी खेलले हाम्रो अवसर खोस्यो

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जिला तुम्बापो