विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो छ : परराष्ट्रमन्त्री राणा « Khabarhub

विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो छ : परराष्ट्रमन्त्री राणा


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

अमेरिका – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली सहकार्य संवादको दृष्टिकोण अनुसार काम गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी छन्।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन यहाँ आएकी मन्त्री राणाले बिहीबार भएको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दे उक्त धारणा राखेकी हुन्।

उनले भनिन्, “हामीहरुको साझा घर पृथ्वीमा जलवायु परिवर्तनका कारण विगतमा कहिल्यै भोग्नु नपरेको चुनौतीहरुको सामना गर्नु परिरहेको छ, यो तत्कालै सम्बोधन हुनुपर्ने विषय हो।” जलवायु परिवर्तनबाट जुध्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो रहेको उनको भनाइ थियो।

अहिले हिमशृङ्खलामा परेको वातावरणीय असरको कारणले बाढीपहिरो तथा पूर्वाधारहरुको क्षयीकरण बढिरहेको उल्लेख गर्दै उनले यसलाई सम्बोधन गरेर मानवीय सङ्कट कम गर्न सबै तप्काले सहकार्य गर्न जरुरी रहेको आवश्यकता औँल्याएकी छन्।

मन्त्री राणाले एशियाली देशहरुले यस्ता समस्यासँग जुध्न कसरी रणनीति बनाएर सामना गर्न सक्छौ भन्ने कुराले एशियाली सहकार्य संवादको उपादेयिता हुने विषय मापन गर्ने बताइन्।

हामीहरुको दृष्टिकोण र प्रतिबद्धताले एशिया र विश्वलाई चुनौतीहरुको सामना गर्ने माध्यम बन्न सकोस भन्ने मन्त्री राणाको भनाइ थियो। नेपाल सन् २०१६ देखि एशियाली सहकार्य संवादसँग जोडिदै आएको उनले प्रष्ट पारेकी छन्।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ५ : २१ बजे

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र