अमेरिका सहितको सहयोगमा निर्णायक युद्धको तयारीमा जेलेन्सकी « Khabarhub

अमेरिका सहितको सहयोगमा निर्णायक युद्धको तयारीमा जेलेन्सकी


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं युक्रेनी राष्ट्रपति भालोडोमिर जेलेन्सकी र अमेरिकी राष्ट्रपति जो बाइडेनका बिच ‘ विजयी योजना ’का बारे वार्ता भइरहेको छ । यस वार्तामा सैन्य सहयोग देखि आर्थिक सहयोगसम्मका विषयमा छलफल भएको अनुमान छ । 

सो बैठकमा बाइडेनको साथमा उपराष्ट्रपति तथा ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदकी प्रत्याशी कमला ह्यारिस समेतको उपस्थिति थियो । जेलेन्सकी सबै भन्दा धेरै मत स्विङ हुने पनेलेसेल्भिनयामा पुगेका छन् । यसलाई रिपब्लिक पार्टीले जेलेन्सकीको अमेरिका भ्रमण सहयोग माग्नका लागि मात्र नभएर निर्वाचनमा प्रभाव पानै समेत भएको टिप्पणी गरेको छ । 

यसै साता ट्रम्पले रुसी सैन्य शक्तिको धेरै नै प्रशंसा गरेका थिए । ‘उनीहरूले हिटलरलाई हराए र त्यस पछि नेपोलियनलाई पनि हराए । तसर्थ उनीहरू लडी नै रहने छन् ,’ ट्रम्पले भनेका थिए ।

जेलेन्सकीले यस भ्रमणमा बाइडेनसँग फेरि मिसाइलको सहयोग मागी रहेका छन् । अमेरिका र अन्य सहयोगी देशले  लामो दुरीको हतियार सहयोग बढाएमा युद्ध जित्न सकिने विश्वास जेलेन्सकीको छ । उनले केही दिन अघि मात्र यो युद्ध छोटो हुने बाटो भएको प्रतिक्रिया दिएका थिए । त्यसको लगत्तै उनी यस वार्तामा अग्रसर भएका थिए । 

युद्धको सुरुवातमा  धेरै नै क्षति सहेको युक्रेनले दुई महिना रुसलाई धेरै धक्का दिएको थियो । केही भूभाग कब्जा पनि गरेको छ । परन्तु यो महिना युद्धमा रुस नै हाबी भए पछि जेलेन्सकीले थप सहयोगका लागि अपिल गरी रहेका छन् । युरोपेली युनियनले पनि लगातार सहयोगको प्रतिबद्धता जनाएका कारण उनी यसमा आशावादी भएका हुन् । 

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ८ : २५ बजे

एमालेले काठमाडौंमा वृहत जनसभा र प्रदर्शन गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा गर्ने

तनहुँमा पूर्वाधार विकासका १७९ योजना सम्पन्न

तनहुँ– पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

नवलपरासी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१६ डण्डा

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनबारे के गर्ला निर्णय ?

काठमाडौं– कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक आज

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल