अमेरिका सहितको सहयोगमा निर्णायक युद्धको तयारीमा जेलेन्सकी « Khabarhub

अमेरिका सहितको सहयोगमा निर्णायक युद्धको तयारीमा जेलेन्सकी


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं युक्रेनी राष्ट्रपति भालोडोमिर जेलेन्सकी र अमेरिकी राष्ट्रपति जो बाइडेनका बिच ‘ विजयी योजना ’का बारे वार्ता भइरहेको छ । यस वार्तामा सैन्य सहयोग देखि आर्थिक सहयोगसम्मका विषयमा छलफल भएको अनुमान छ । 

सो बैठकमा बाइडेनको साथमा उपराष्ट्रपति तथा ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदकी प्रत्याशी कमला ह्यारिस समेतको उपस्थिति थियो । जेलेन्सकी सबै भन्दा धेरै मत स्विङ हुने पनेलेसेल्भिनयामा पुगेका छन् । यसलाई रिपब्लिक पार्टीले जेलेन्सकीको अमेरिका भ्रमण सहयोग माग्नका लागि मात्र नभएर निर्वाचनमा प्रभाव पानै समेत भएको टिप्पणी गरेको छ । 

यसै साता ट्रम्पले रुसी सैन्य शक्तिको धेरै नै प्रशंसा गरेका थिए । ‘उनीहरूले हिटलरलाई हराए र त्यस पछि नेपोलियनलाई पनि हराए । तसर्थ उनीहरू लडी नै रहने छन् ,’ ट्रम्पले भनेका थिए ।

जेलेन्सकीले यस भ्रमणमा बाइडेनसँग फेरि मिसाइलको सहयोग मागी रहेका छन् । अमेरिका र अन्य सहयोगी देशले  लामो दुरीको हतियार सहयोग बढाएमा युद्ध जित्न सकिने विश्वास जेलेन्सकीको छ । उनले केही दिन अघि मात्र यो युद्ध छोटो हुने बाटो भएको प्रतिक्रिया दिएका थिए । त्यसको लगत्तै उनी यस वार्तामा अग्रसर भएका थिए । 

युद्धको सुरुवातमा  धेरै नै क्षति सहेको युक्रेनले दुई महिना रुसलाई धेरै धक्का दिएको थियो । केही भूभाग कब्जा पनि गरेको छ । परन्तु यो महिना युद्धमा रुस नै हाबी भए पछि जेलेन्सकीले थप सहयोगका लागि अपिल गरी रहेका छन् । युरोपेली युनियनले पनि लगातार सहयोगको प्रतिबद्धता जनाएका कारण उनी यसमा आशावादी भएका हुन् । 

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ८ : २५ बजे

चेन्नईका सन्जु सामसनको विष्फोटक शतक, मुम्बईको लज्जास्पद हार

वानखेडे – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार राति सम्पन्न

केन्द्रीय कारागार सुन्धाराबाट फरार तीन जना पक्राउ

काठमाडौँ – प्रहरीले गत भदौ २३ र २४ गतेको जेनजी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८३ साल वैशाख ११ गते शुक्रबार। वैशाख

आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ११ गते शुक्रबार। वैशाख