बीपी राजमार्ग एकतर्फी सञ्चालन | Khabarhub Khabarhub

बीपी राजमार्ग एकतर्फी सञ्चालन


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– बिहीबार बेलुकादेखि परेको अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेंसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोले आज बिहान आधा घण्टा सडक दुईतर्फी रुपमा अवरुद्ध भएको थियो । 

अवरुद्ध सडक सञ्चालन गर्न प्रहरी, स्थानीय जनप्रतिनिधि र सडक विभागको प्रतिनिधिको सक्रियतामा एकतर्फी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। 

लेदो आउनेक्रम जारी रहेकाले सवारिसाधन नियमित रुपमा सञ्चालन गर्न र सहजीकरणका लागि आवश्यक जनशक्ति खटिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १२ : १३ बजे

विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’

चितवन–  यहाँको डा अजय एण्ड डा सरु फाउन्डेसन र बायोहोराइजनको सहयोगमा

प्रि-ओपन सेसन अपडेड : नेप्से झिनो अंकले बढ्यो

काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४८ अंकले

शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने 

काठमाडौं– शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको

सुनको मूल्य तोलामै ७०० रुपैयाँले घट्यो, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न

छ्याङ्दी हाइड्रोपावरको शेयर लिलामीमा प्रतिकित्ता २६६ रुपैयाँले बिक्री

काठमाडौं– छ्याङ्दी हाइड्रोपावर लिमिटेडको बिक्री नभएको हकप्रद शेयर लिलामी प्रक्रियाबाट