देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक : मन्त्री दाहाल « Khabarhub

देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक : मन्त्री दाहाल


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मोरङ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकको विकास निर्माण द्रुत गतिले अगाडि बढाउनका लागि निर्वाचन प्रणालीका बाधा अड्चन हटाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पारे ।

उनले निर्वाचन प्रणाली सुधार गर्ने सन्दर्भमा महिला, विभिन्न जातजातिको प्रतिनिधित्व स्थानीय रुपमा निर्वाचित गरेर ल्याउने, समानुपातिक व्यवस्था व्यवस्थित गर्ने सम्बन्धमा दलहरुबीच छलफल भइरहेको जानकारी दिए। 

मन्त्री दाहालले संविधान संशोधनबाट जनताले पाइरहेको अधिकार कुनै हालतमा नखोसिने दाबी गरे। 

उनले भने, ‘संविधान संशोधनमा जनताले थप अधिकारहरू प्राप्त गर्नेछन् ।’

उनले देशव्यापी रुपमा सङ्घीय मन्त्रालयअन्तर्गतका चार हजार पाँच सय किमी सडकका खाडल पुर्ने काम सुरु गरेको तर मौसमले समस्या भएको बताए । मन्त्री दाहालले आज विराटनगरस्थित रेल्वे, हुलाकी सडक, पुलको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १२ : १८ बजे

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न

आजका समाचार : घरदैलो अभियानमा व्यस्त उम्मेदवार, ओलीले मागे चुनावी सुरक्षा र गाजामा इजरायली आक्रमण जारी

न्यु टेस्टका नाममा देशलाई प्रयोगशाला नबनाऔँ : प्रवक्ता चालिसे नेपाली

सुदूरपश्चिम प्रदेश : प्रमुख दलबाट महिला उम्मेदवार न्यून

सुदूरपश्चिम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा

भेनेजुएलामा आम माफी विधेयक प्रस्तुत, राजनीतिक बन्दीको सम्भावित रिहाइ

एजेन्सी– भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आम माफी विधेयक प्रस्तुत