दुई महिनादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन « Khabarhub

दुई महिनादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गलकोट– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्ड दुई महिनापछि सञ्चालन भएको छ । 

बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक बगाउँदा गत साउन ९ गतेदेखि उक्त खण्ड पूर्ण रुपमा अवरुद्ध बनेको थियो । 

सडकको ट्रयाकलाई पुरेर शुक्रबारदेखि नियमित यातायातका साधन सञ्चालनमा ल्याइएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राससलाई जानकारी दिए। सडक पटकपटक अवरुद्ध भएपछि बागलुङ नगरपालिका र कालीगण्डकी करिडोर आयोजनाले खुलाउने प्रयास गरेपनि दुई महिनापछि सञ्चालनमा आएको उनले बताए। 

यसअघि करिडोरको विकल्पमा दब्ल्याङ–कालाखोला खण्डलाई वैकल्पिक सडकका रुपमा सञ्चालनमा ल्याइएको थियो । उक्त सडकमा हलुका सवारिसाधन मात्रै आवतजावत गर्ने व्यवस्था मिलाइएको उपप्रमुख शर्माले बताए।  

सडकको ट्र्याक नै बगाएपछि यातायात नियमित सञ्चालन गर्न समय लागेको उपप्रमुख शर्माले बताए। उनले वर्षा रोकिँनासाथ बागलुङ बजारबाट जैमिनीसम्म ठूला बसले सेवा दिन थाल्ने जानकारी दिए। उक्त पहिराका कारण बलेवा, कुश्मिसेराबरेङ सडक महिनौँदेखि बन्द छन् । 

पहिरोले बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएपछि गण्डकी प्रदेश सरकारले पहिरोको विकल्पमा पुल बनाउन थालेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले उल्लेख गरे । 

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १२ : ३७ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – आज २०८३ साल जेठ १० गते आइतबार। अधिक

आज २०८३ साल जेठ १० गते आइतबारको राशिफल

काठमाडौँ – आज २०८३ साल जेठ १० गते आइतबार। अधिक

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड