सरकार सय दिनको दायित्व पूरा गर्न काम गरिरहेको छ : सञ्चारमन्त्री गुरुङ « Khabarhub

सरकार सय दिनको दायित्व पूरा गर्न काम गरिरहेको छ : सञ्चारमन्त्री गुरुङ


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले आफ्नो सय दिनको दायित्व पूरा गर्न कामहरू अगाडि बढाएको बताएका छन् ।

सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेर १०० दिनमा गर्नुपर्ने काम दायित्व पूरा गर्न सबै मन्त्रालयहरूलाई पनि निर्देशन दिएको प्रवक्ता  सुब्बाको दाबी छ।

प्रधानमन्त्री केपी शर्माले अहिले संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन न्यूयोर्कमा पुगेका छन् । प्रधानमन्त्री न्यूयोर्क पुगे पनि सरकारले आफ्नो मन्त्रीहरूलाई दायित्वका विषयमा अवगत गराएको गुरुङको दाबी छ।

देशभर वर्षा भइरहेको छ यसको प्रकोपबाट सावधानी अपनाउन पनि जरुरी हुन्छ। सम्बन्धित मन्त्रालयले यसतर्फ पनि ध्यान दिइरहेको छ। विशेषतः सरकारले अहिले आफ्नो १०० दिनमा गर्नुपर्ने काम र दायित्व पूरा गर्न लागिरहेको छ । गुरुङले खबरहबलाई भने, ‘सबै मन्त्रालयहरूले १०० दिनमा गर्नुपर्ने दायित्वको काममा छन् । चाडबाड नजिकै पनि मन्त्रालयले आफ्नो गर्ने काम रोकेको छैन।

दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर असार ३० यता सत्ता सहयात्रा गरिरहेका छन् । नयाँ सरकारको नेतृत्व अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् ।

नयाँ सरकार बनेको १०० दिनमा जुनसुकै सरकारले पनि आफ्नो कार्य प्रगति सार्वजनिक गर्ने प्रचलन छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  २ : १४ बजे

नेविसंघको आरोप- सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो

काठमाडौं– नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप

इन्धनको कृत्रिम अभाव गराउने पेट्रोल पम्पमाथि कारबाही होस् : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु

किएभ– टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 

काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा